मालारानी गाउँपालिकाका गाउँहरूमा डिसईन्फेक्सन स्प्रे गर्न शुरु (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) चैत २१ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले गाउँहरूमा डिसईन्फेक्सन स्प्रे गर्न शुरु गरेको छ ।
गाउँपालिकाले खनदह बजार क्षेत्र, स्वास्थ्य कार्यालय, गाउँपालिकाको कार्यालय, क्वारेन्टाइन क्षेत्र लगायत भीडभाड हुने ठाउँमा डिसईन्फेक्सन स्प्रे गर्न थालेकाे हाे ।
गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले पहिलाे दिन शुक्रबार वार्ड नं.१ , ३ , ४ र ६ मा छरिएको र बाँकी सबै वार्डमा क्रमश छर्दै जाने बताउनु भयाे । बिज्ञहरूकाे सुझाव अनुसार डिसईन्फेक्सन स्प्रे गर्न थालेकाे हाे ।
मालारानी गाउँपालिकामा अहिलेसम्म कालिका माविमा १० बेडकाे क्वारेन्टाइन तयारी गरिएको छ । जसमा २ जना राखिएको छ । त्यसैगरि ९ वार्डका १३ स्थानमा १४४ बेडका क्वारेन्टाइन कक्षहरू निर्माण गरिएकाे छ ।
साथै हाेम क्वारेन्टाइनमा  रहनेहरूलाई   निरन्तर अनुगमन गरिएको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो ।
कोरोना भाईरस र लकडाउनपछि अध्यक्ष बालकृष्ण आचार्य रातदिन खटेका छन् । अध्यक्ष बालकृष्ण आचार्यले नेपाल भारत सिमा सुनौली पुगेर वार्ड नम्बर ३ का विरामी मिनराज खनाललाई उद्दार गरी सँगै लिएर आएका थिए ।
यस्तै उता मालारानी गाउँपालिकाका सबै कर्मचारीले ५ दिन बराबरको तलब कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन कोष मालारानीमा दिने भएका छन् । सम्पूर्ण कर्मचारीको ५ दिन बराबरको तलब रु. ३ लाख ८७ हजार ६ सय २१ रुपैया कोषमा जम्मा गरिने भएको छ ।
मलारानी गाउँपालिकामा तीन दिनको अवधीमा भारत लगायत विदेशबाट २६५ आएका छन् ।
कोरोना भाइरसको रोकथामका लागी मलारानी गाउँपालिकाले राखेको विवरण अनुसार भारतबाट २५४, कतारबाट २ , दुबईबाट ५ र अन्य मुलुकबाट ३ २६५ आएका हुन् । 

अन्य समाचारहरु