स न पा ७ खाचिकोटले बिपन्न ,गरिब तथा दैनिक ज्याला मजदुरी गरेर खाने बर्गलाई लक्षित राहत बितरण गर्‍यो।

 फुदबाङ अर्घाखाची–

अर्घाखाची, स न पा वार्ड न ७ मा कोरोना ” कोभिड -१९ भाइरस” र यसबाट सृजना भएको बिषम परिस्थिति र लक डाउन बाट पर्न गएको समस्यालाइ केहि रुपमै भए पनि सम्बोधन गर्ने निर्णय बमोजिम साबिक [खाचिकोट] हाल स न पा ७ मा रहेका  बिपन्न ,गरिब तथा दैनिक ज्याला मजदुरी गरेर खाने बर्गलाई लक्षित राहत बितरण गर्ने कार्य सम्पन्न भएको छ्।


बिशेष राहत बितरण कार्यअन्तर्गत  वार्ड कार्यलय फुदबाङमा वार्ड न ७ का अध्यक्ष पृतम बहादुर थापा लगायतका जनप्रतिनिधि तथा स्थानिय समाजसेबी ,बिभिन्न राजनैतिक दल र सुरक्षा निकायको रोहरबरमा लक्षित बर्गलाई  राहत बितरण कार्य सम्पन्न भएको छ्।


 वार्ड भित्र रहेका र वार्डले सुची तैयार गरी सो राहत प्राप्त गर्ने जम्मा १२९ जना मध्ये आज ९७ जनाले मात्र राहत पाएका हुन । 


 अन्य केही छुट र बाकी रहेका दैनिक मजदुरी र ज्यालादारी गर्नेको पहिचान गरी पुन राहत बितरण गर्ने बारे वार्डले सोचेको वार्ड अध्यक्ष प्रितम थापा तथा जनप्रतिनिधी बिष्णु  प्रसाद भुसालले डट कम लाई जानकारी गराए।  यसै शिल शिलामा अर्घाखाची डट कम बिज्ञान प्रबिधि सन्योजक तथा प्रमुख सन्तोष कुमार के सी तथा डट कम सहकर्मी तथा बजार ब्यबस्थापक बसन्त खड्का लगायतको टोलिले वडाका जन प्रतिनिधि सग गरेको प्रत्यक्ष कुराकानी र स्थलगत रिपोर्ट । 

अर्घाखाची डट कम 

www.arghakhanchi.com

अन्य समाचारहरु