काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमवारको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।
अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा सोमवार बसेको गभर्नर सिफारिश समितिको बैठकले कामू गभर्नर चिन्तामणि शिवाकोटी, पूर्वसचिव राजन खनाल र पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीलाई सिफारिश गरेको थियो ।
सिफारिस गरिएका मध्ये महाप्रसाद अधिकारीलाई मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको गर्भनरमा नियुक्त गरेको हो । सरकारले उनलाई पाँच वर्षका लागि गभर्नरमा नियुक्त गरेको हो । उनी यसअघि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए ।
स्रोत – अभियान