– सुर्य प्रसाद् भुसाल
छत्रदेव गाउपालिका अर्घाखाँचीले एसईई परिक्षा दिने तैयारीमा रहेका बिधार्थिहरुलाई लक्षित गरि स्थानिय टेलिभिजनबाट ट्युसन कक्षा नया बर्षबाट सुरु गर्ने निर्णय सहित कार्वानयन् गर्ने भएको छ ।कोरोना भाइरसका कारण लकडाउनले गर्दा माध्यमिक शिक्षा परीक्षा एस ई ई परिक्षा दिन नपाएका विद्यार्थीहरुलाई बैसाख १ गते देखि स्थानीय छत्रदेव टेलिभिजनबाट बेलुका ७ बजे देखी टिउसन कक्षा संचालन गर्ने निर्यण सहित सम्पूर्ण तैयारी पुरा गरेको गाउपालिका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनु भयो ।
परीक्षाको तयारी गरेर बसेका विद्यार्थीहरुले लकडान लामो अबधि भएकाले पढेका कुराहरु बिर्सन सक्ने भन्दै गाउँपालिकाले पुनर्ताजकीको लागी कक्षा संचालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रसाकिय अधिकृत खिमान्द भुसाले बताउनु भयो ।
गाउपालिकाले सुरु गरेको सो अभियानमा सम्पुर्ण एसईई परीक्षा दिनको लागी तयारीमा रहेका विधार्थीलाइ टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम हेरेर कक्षा लिन विधार्थीलाइ आग्रह गरीएको छ। अध्यक्ष लेखनाथ पोख्रेलको भनाइ छ । यो कक्षा अर्घाखाँचीमा पहिलोपटक छत्रदेव गाउपालिकाले सुरु गरेकोले सहकार्य गर्नको लागी बिधार्थिका अभिवाकलाइ सघाउन आग्रह गरीएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको भनाइ छ । गाउपालिकाले यस्तो नया शैक्षिक योजना बनाएपछि पालिकामा रहेका एस ई ई परिक्षा दिने विद्यार्थी अभिभाबक हर्षित भएका छन ।