डिआरजी सुमन
अर्घाखाँची डटकम (व्युरो डेक्स) । सामान्यतः आर्थिक कारोबार गर्ने व्यापारीहरु सधै नाफा कमाउने, घर परिवार चलाउने र पैसाको आडमा राजनिती गर्ने तिर धेरै देखिन्छन तर अपवाद यसै समाजमा कोही यसभन्दा फरक पनि देखिदै छन भन्दा पत्ताउन कठिन पनि पर्न सक्छ । तिनै एक उदाहरण हुन अर्घाखाँचीका युवा व्यावसायि विकाश रेस्मी जसले विश्वव्यापि संक्रमणको रुपमा रहेको कोरोना संक्रमण नियन्त्रण कै लागी सहयोगीको वन्दै कपिलवस्तुवाट निर्वाचित प्रदेश सभा संसद विष्णु पन्थी मार्फत कपिलवस्तु जिल्ला को लागी बीस (२०) थान पिपिइ प्रदान गरी कोरोना हराऔ “सबैको साथ कोरोनालाई माथ” अभियानमा महत्त्वपूर्ण सहयोग पुर्याउनु भएको छ ।
अर्घाखाँची जिल्ला हालको पाणिनी गाउपालिका ५ घाँसखोला स्थित केम्राघारीमा जन्मिएको विकास रेस्मी हाल कपिलवस्तु बाणगंगामा स्थायी बसोबास गर्नु हुन्छ । सानै उमेरमा नेपाल तथा भारतमा स्थापित व्याक्ति रेश्मी भारतको पंजाव राज्य अन्तर्गत लुधियाना जिल्ला स्थित चर्चित मेडिकल कलेज सिएमसी सहित विभिन्न स्थानमा दर्जन वढी व्यावसायिक कारोबार गर्नु हुन्छ भने नेपालमा पनि रियल स्टेट व्यावसायि हुनु हुन्छ ।
नेपाल तथा भारतमा उहाँको समाजसेवा क्षेत्रमा योगदान पनि उच्च नै रहदै आएको छ । अहिले उहाँ नेपालमा भएपनि भारतको विभिन्न स्थानमा रहेका १०० परिवार लाईं अत्यावश्यक सवै सामग्री को ज़िम्मा लिनु भएको मात्र हैन भारतमा कोहीपनी दैनिक अत्यावश्यक सामानकै कारण समस्यामा परे सम्पर्क गर्न अपील पनि गर्नु भएको छ ।