नेपालमा मात्र हैन भारतमा पनि नेपालीहरुलाई राहत पुर्याउदै विकाश रेश्मी

अर्घाखाँचीडट्कम संवाददाता
लुधियाना  (अर्घाखाँचीडट्कम) । कोरोना संक्रमण फैलिएको कारण विश्वास भर लकडाउन चलिरहेकै वेला कयौ भोकै रहने अवस्थामा छन । 
समाजसेवी विकाश रेश्मीले नेपालमा मात्र नभएर भारतमा पनि नेपालीहरुलाई राहत वितरण गरिरहेका छन् । 
दुई दिन पहिला कपिलवस्तुमा २० थान पिपीई र हिजो मात्र अर्घाखाँची डटकमलाई २ थान पिपिई वितरण गरेका समाजसेवी विकाश रेस्मीले आफ्नै टिमको कोडिनेटमा भारतको पंजाब राज्य स्थित लुधियाना जिल्लामा पनि आज ७० नेपाली परिवारको लागी आवश्यक खाद्यान्न सामाग्री अधिवक्ता ललिता पोखरेल, समाजसेवी गोबिंद परियार,सिद्धार्थ को टीम मार्फ़त खाद्यान्न वितरण भएको छ ।