नयाँ-दिल्लीमा अलपत्र परेकी एक २१ दिने सुत्केरीलाई प्रबासी युबाले गरे उद्दार र राहत सहयोग


धर्मराज शर्मा
भारत (अर्घाखाँचीडट्कम) ।  नयाँ-दिल्लीमा अलपत्र परेकी एक २१ दिने सुत्केरीलाई प्रबासी युबाले  गरे उद्दार र राहत   सहयोग गरेका छन् ।  
 नयाँ-दिल्ली  स्थित सागरपुर वेस्ट्मा (नेपालमा बङ्गलाचुली  गाउपालिका, मुलाबारी, दाङ) बसोबास गरी दिल्लीमा  रोजगारी  गर्दै आएका सुरज रोका तथा श्रीमती तुलसी रोका २१ दिनको सुत्केरीको साथमा   अस्पतालबाट भर्खरै फर्किएको तथा ति पीडित दाङ बासी नेपालिसग पैसा नभएको  ,  आर्थिक, खाधान्न  अभाव रहेको भन्दै सहयोग गरेका हुन् । 
 उनिहरुको अहिले नोकरी समेत गुमेको अबस्थामा सुत्केरी भएको र घर फर्कने अबस्था पनि नरेह्को बेला केही नेपाली मनकारी नेपाली युबाहरु तथा लुधियनामा रहेको नेपाली संस्क्रीति सेवा परिषदकका प्रमुख  कमल सिङ लगायत अर्जुन भंडारी ,  बिंदु रोका, कमल सिंह, जि आर खनालको बिशेष पहलमा दिल्लीमा रहेकी एक २१ दिने सुत्केरीलाई राहत उद्दार र  सहयोग प्रदान  गरेका छन ।
पीडितहरु सुरज रोका  तथा श्रीमती तुलसी रोकालाई ९१ ९६४३९ ५४०६७ मा संपर्क गर्न सकिने बताइएको छ ।