कपिलवस्तुको पिपरीमा १५ बर्षकी बालिकालाई जबर्जस्ती करणी

 कपिलवस्त’- कपिलवस्तुको बिजयनगर गाउँपालिका वडा ५ पिपरीमा झन्डै १५ बर्षकी बालिकालाई जबर्जस्ती करणीको प्रयास गर्ने अन्दाजी ३० वर्षिय म’स्तफा मनिहार थर भएका एक ब्यक्ति पकाउ परेका छ्न ।
रातको समयमा शौचालय गर्न बाहिर निस्केको अवस्थामा हात छोपेर यादव थरकि एक बालिकालाई जबर्जस्ती करणीको प्रयास गरेको ईलाका प्रहरी कार्यालय गणेशपुरले जानकारी दिएको छ ।
बालिकाको स्वाथ्य परीक्षणका लागि बहाद’रगंज पाठाईए पनि रिर्पोट आउन बाँकी रहेको छ । पीडक अहिले प्रहरी नियन्त्रणमा छ्न । पिडक पक्षवाट घटनालाई दबाउन र गोप्य राख्न ठुलो चलखेल भएको श्रोतको दाबी छ । घटनालाई थप आवश्यक कारवाहीका लागि अघि बढाएकोे प्रहरीले बताएको छ ।.

अन्य समाचारहरु