भारतमा अलपत्र नेपालीहरुलाइ तत्काल उद्धार गर्न नेपाल सरकारकाे ध्यानाकर्षण गर्दै – अखिल भारत प्रवासी नेपाली संघ

– परशु राम घिमिरे 

अखिल भारत प्रवासी नेपाली संघले भारतमा अलपत्र नेपालीहरुकाे उद्धार गर्न सरकारसँग माग गरेको छ । 


आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै संघका अध्यक्ष एच.बी पाैडेलले भारतमा अलपत्र नेपालीहरुलाइ तत्काल उद्धार गर्न सरकारकाे ध्यानाकर्षण गराएका हुन । 

ज्ञापनपत्रमा “कांग्रेस देखि कम्युनिस्ट पार्टीसम्मकाे जन्म भारतमै भएको तथ्य स्मरण गर्दै आर्जन , , तिर्थाटन, राेजगारि लगायतको कामको सिलसिलामा भारतमा रहेका नेपालीहरुलाई तत्काल आफ्नो देश नेपाल फर्कने वातावरण बनाउन माग गरिएको छ ।   लकडाउनकाे कारण सबै उद्योग कलकारखाना बन्द रहेको भन्दै भारतीय भुमिमा अलपत्र नेपालीहरुलाइ तत्काल उद्धार गर्न माग गरिएको हाे ।