माल्दिभ्समा नेपाली मजदूरहरु समस्यामा परे

शिवहरि ज्ञवाली
छत्रदेव   –  १  चिदिका ठुलाखर्क 
हाल:    माल्दिभ्स
माल्दिभ्स, माले  ।
माल्दिभ्स, माले  । कोरोना भाईरस लकडाउनका कारण   माल्दिभ्समा  अधिकांश होटल र रिसोर्टहरु बन्द भएकाले यहाँ कार्यरत नेपाली मजदुरहरु पनि समस्यामा परेका  छन् । माल्दिभ्स कम्तिमा पनि  अन्दाजी  ८ हजार  देखी   दशहजार   नेपाली  काम  गर्छन । मालेमा  काम गर्ने २ हजार छन।  अन्य  रिसोर्टमा  काम गर्ने  ८ हजार  छन।  धेरै जसो  देशका नागरिकलाई  आफ्नो  देश लगी  सकेको  छ ।तर हाम्रो  देशले आफ्नो देशको नागरिकलाई कुनै पहल  गर्न सकेको  छैन। 

माल्दिभ्समा धेरै  नेपाली होटल र रिसोर्टमा काम गर्छन ।माल्दिभ्समा १२०  भन्दा बढी लकजरी रिसोर्टहरु रहेका छन् ,अन्य  ४० भन्दा  धेरै  साना   लोकल  रिसोर्ट छन् । त्यहाँ काम गर्नेहरुमा ठूलो संख्यामा नेपाली श्रमिकहरु रहेका छन् । यी होटल र रिसोर्टहरु कोरोनाका  कारण सबैजसो नै बन्द छन् ।माल्दिभ्स धेरै  टापु  भएको  देश हो  आयको मुख्य  आय स्रोत  भनेको  पर्यटक  हो । संसारभरी  कोरोनाले गर्दा पर्यटक भने  आउन वन्द भएको  छ  । अन्य  रिसोर्टमा काम गर्ने  नेपालीको राम्रो आम्दानी  बन्द  हुनाले   माल्दिभ्समा आउने  नेपालीको सन्ख्या   २ बर्षमा   धेरै   बढेको  छ । तर हाम्रो देशले माल्दिभ्समा  नेपाली दूतावास नराख्दा  अहिले   धेरै  दु:ख  पायका छौ, आज  हामी नेपालीले ।

  यो सानो देशमा यहाँको सरकारले भन्दा पनि होटल र रिसोर्टहरुले कामदारहरुलाई तत्कालका लागि घर फर्कनु भन्न थालेको छ । जानकारीअनुसार, यसरी होटलहरुले नै टिकट दिएर घर फर्कनका लागि भनिएका नेपाली मजदुरहरुको संख्या ४ हजार जती   रहेको छ । बार- बार माल्दिभ्सबाट आफ्नै खर्चमा आफैले चाटर फलाईट मिलाएर नेपाल आउछौ ,आफ्नै पैसाले  क्वारेन्टाइनमा बस्छौ, भन्दा किन अवतरणको लागि अनुमति रोक्नु भएको छ । 

माल्दिभ्स भनेको कोरोना देखि उच्च जोखिममा परेको देश हो ।  माल्दिभ्सको राजधानी मालेमा कोरोना ९०० सय पार गरेको छ । ३ जनाको   निधन भएको छ।  यसमा १० जना  नेपालीमा पनि  कोरोना भाइरस सन्क्रमित भएको  छ ।  मालेमा केही    नेपाली दाजुभाईलाई  वस्न खान मुस्किल भएको  छ ।  यहाँका रिसोर्ट होटलहरुमा अहिले सम्म एक जना पनि देखिएको छैन र नेपाली नागरीक रिसोर्टमा सुरक्षित छन। तर धेरै  तलब नदिए पनि  केही  रिसोर्टले ५०% र २५ % तलब दियका छन् अन्य केही  रिसोर्टले  ( नो वर्क  नो मनी  )  भनेको  छ । काम   नगरी बस्न लागेको  आज ५० दिन पार गरिसकेको छ। धेरै नेपाली  घर जाने आसमा भोकै  तड्पिरहेका  छन ।

हामी आपनो देश आउनको लागि रात दिन प्रार्थाना  गरेका छौ  ।  माल्दिभ्स  हेर्ने   नेपाली दूतावासले यहाँका नेपालीहरुलाई कुनै वास्तै गरेको छैन । परराष्ट्र  मन्त्रालयमा संपर्क  गर्दा  काम हुँदै छ , भन्न लागेको  आज ५० दिन भईसक्यो ।    कोरोनाको चपेटामामा परी कतिको जागिर गुम्यो कति एक छाक खान नपाएर बिदेशमा तडपिरहेका छन ,कतीलाई   खाना  बस्न गार्हो भएको छ।  अहिले हजारौं नेपाली देश फर्किनु पर्ने अवस्थामा छौं ,तर हामीलाई फर्काउनका लागि हवाइ यातायातको प्रबन्ध कसरी हुनसक्छ?  हाम्रो आवाज सुन सरकार