माधव खनाल
प्युठान ५ जेष्ठ २०७७ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल शिक्षक संघका केन्द्रिय महासचिव चक्रपाणी पौडेललाई मातृशोक परेको छ ।
पौडेलकी ममातामयी माता झगादेवी उपाध्यायको यहि जेष्ठ ४ गते दाङ्गको लमही नगरपालिका वडा न १को नर्तिमा ७५ वर्षको उमेरमा असामयिक निधन भएको मृतका छोरा चक्रपाणी पौडेलले बताउनुभयो ।
स्वर्गीय पौडेलका २ दुई छोरा २दुई वुहारी ३ छोरी १३ नातिनातिना र ७ पनाति पनातिनी हुनुहुन्छ ।
२ छोराहरु मध्येका जेठा छोरा चक्रपाणी पौडेल अखिल नेपाल शिक्षक संघका महासचिव र प्युठान जिल्लाको मल्लरानी गाउँपालिका वडा ३ मा रहेको भानुभक्त माध्यमिक बिधालयको प्रधानध्यापक हुनुहुन्छ ।