गुल्मीको मदानेमा फेरि एकजना कोरोना संक्रमित थपिए

 जेष्ठ ११, काठमाडौँ। आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेपाल टेलिभिजनमा दिने नियमित कोरोना सम्बन्धि अपडेटमा मन्त्रालयका प्रबक्ता डा. बिकास देबकोटाले दिएको जानकारी अनुसार भैरहवामा गरिएको परिक्षणमा गुल्मीको मदाने गाउँपालिकाका एकजना ३१ बर्षीय पुरुषमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ। 
यस संगै गुल्मीमा संक्रमण हुनेको कुल संख्या ३ पुगेको छ भने एकजनाको मृत्यु भैसकेको छ। उक्त संक्रमण मृतकको कन्ट्याक्ट ट्रेसिङ्ग गरि सम्पर्कमा आएका मध्यबाट पत्ता लागेको हो। आज जम्मा १९ जनामा कोरोना संक्रमण भेटिएको छ। 
यस संगै नेपालमा कुल संक्रमितको संख्या ६०३ पुगेको छ। गुल्मिन्युजले आफ्नो अन्लाईनमा समाचार लेखेको छ । 

अन्य समाचारहरु