पाँचथरमा रासायनिक मलको अभाव

पाँचथरमा रासायनिक मलको अभाव भएको छ । कृषकहरुलाई धान, मकै, गहुँलगायतका बालीमा लगाउनुपर्ने रासायनिक मलको अभाव भएको हो ।
अहिले रासायनिक मल आपूर्ति गर्ने अधिकार स्थानीय तहलाई नै दिइएको हुँदा पालिकाहरुले नै व्यवस्था गर्ने कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले जानकारी दिए ।
पहिल्यै रासायनिक मल आपूर्ति व्यवस्थापन समिति हुने गरेको र समितिले डिलर लिन चाहने स्थानीय सहकारीलाई डिलरसीप प्रदान गरेको उनले बताए ।
सहकारीले कृषि विकास कार्यालयबाट अनुमति लिइ रासायनिक मल लिएर जिल्लामा वितरण गर्ने गर्दथ्यो ।
तर अहिले एउटा सहकारीले मल ल्याएर सबै पालिकालाई वितरण गर्न असम्भव भएका कारणले पनि मलको अभाव भएको हुन सक्ने ज्ञान केन्द्र पाँचथरले जनाएको छ । इमेजखबरमा समाचार छ ।