अर्घाखाँचीमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

लक्ष्मण घिमिरे 
हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको दुईदिनमा चार जनाको ज्यान गएको छ । शुक्रवार र शनिवार घटेका घटनामा चार जनाको मृत्यु भएको हो । रुख बाट लडेर एक, ट्याक्टरले किच्दा एक, किटनाषक औषधी सेवन गर्दा एक र झुन्डिएर एक गरी चार जनाको मृत्यु भएको छ ।
रुखबाट लड्दा जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर–९, गोखुङ्गाकी ४७ बर्षीय फुलमती परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए ।
यस्तै शितगंगा नगरपालिकामा ट्याक्टरले किच्दा एकजनाको मृत्यु भएको छ । बालुवा झारेर अमराई बजार जाँदै गरेको लु ३ त ४३७३ नम्बरको ट्याक्टरले किचेर शितगंगा–४ गोर्थुमका ४२ वर्षीय रामु बिकको मृत्यु भएको हो ।
यस्तै किटनाषक औषधी सेवन गर्दा सन्धिखर्कमा एक जनाको ज्यान गएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर–९, हिले स्थित धर्मराज भुसालका छोरा १६ वर्षिय सुदिप भुसालको बिषादी सेवन गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरिक्षक माधब बुढाथोकीले जानकारी दिए ।
यस्तै अर्घाखाँचीको मालारानी गाँउपालिका वडा नम्बर–८ सिलिङखोला बस्ने ६९ वर्षिय लालीकुमारी जिसीको झुन्डिएको अवस्थामा शव फेला परेको छ । घरदेखी करिब एक किलोमिटर टाढा फुलपाती सामुदायिक जङगलमा काफलको रुखमा उनको शव झुन्डिएको अवस्थामा फेला परेको प्रहरी चौकी हंसपुर प्रहरी सहायक निरिक्षक गोपाल बहादुर चन्दले जानकारी दिए ।

अन्य समाचारहरु