वडाअध्यक्षले रुवायो स्थानिय युवकले खुवायो

अनिल गुप्ता
 कलैया   २४ जेष्ठ – लड डाउनका कारण प्रभावित अति बिपन्न  परिवारहरुले बाराको आर्दशकोतवाल गाँउपालिका वडा नम्बर ६ टोल पटेर्वाका वडा अध्यक्षसंग मदुसुदन जैसवालसंग राहत बितरण कार्यक्रममा राहत माग्न जादा भोट नदिएकोले तीनीहरुलाई राहत नदिएपछि रुदै रितै हात रुदै फर्केका थिए । तर सोही गा.पा.का स्थानिय पत्रकार अनिल गुप्ताको बिशेष पहलमा विभिन्न दात्री संस्था, ब्यक्तिसंग राहत संकलन गरेर जेष्ठ २४ गते शनिवारका दिन ती ब्यक्तिहरुलाई राहत प्रदान गरेका छन् । अब घरपरिवारलाई केही दिन भएपनि खुवाउन पाएको छ भन्दै स्थानीयहरुले  पत्रकार गुप्तालाई ह्रद् देखी धन्यवाद दिएका थिए ।
पुर्व गाबिस अध्यक्ष रामअयोध्या राय यादवका् प्रमुख आतिथ्यमा सो राहत प्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बाधेन गर्दै प्रमुख अतिथी समेत रहेका यादवले राहतले थोरै भएपनि असहायहरुलाई राहत प्रदान भएको कुरामा जोड दिएका थिए ।
 मनवता, उद्धारवाद समाजमा देखाएकोमा दाताहरुलाई सबै वतmाहरुले धन्यवाद ब्यतm गरेका थिए ।   मिथिला वाईल्ड लाईफ ट्रष्ट नेपाल, तथा पंचुयल सेक्यूरिटी सर्भिसेस  प्रालिको सहयोग र डाक्टर शोभाकर पराजुली तथा पर्साका समाजसेवी तरबेज आलमको समन्वयमा अति बिपन्न, गरिब, ज्यालादारी गर्ने ब्यतिmहरु ग्रि ४० जना परिवारलाई राहत प्रदान गरिएको समाजसेवी शंकर प्रसाद साहले  जानकारी दिए ।
कोरोना भाईरस (कोभिड १९) को आतंकले गर्दा विश्व नै आतंक भएको अवस्था छ । यसै बिच नेपाल सरकारले प्रत्येक सातै वटा प्रदेशमा गरिब, दैनिक ज्यालादारी काम गर्ने मजदुरको लागी राहत पैकेजको ब्यवस्था गरेका थिए । तर त्यो राहत पैकेजलाई माध्यम बनाएर विभिन्न दलका विभिन्न नेताहरुले विभिन्न रुप दिएर राजनितिक गर्न थाले पछि गरिब,असाहाय,दैनिक ज्यालादारी गर्नेहरु राहत नपाएर भोक भोकै मर्ने स्तिथी समेत देखिन थालेको अवस्थामा राहत उपल्ब्ध गराएकोले स्थानीय पत्रकार गुप्तालाई त्यांका स्थानीय समाजसेवी तथा पूर्व गाबिस अध्यक्ष यमुना प्रसाद गुप्ताले बताएका थिए ।
 राहत उपलब्ध गराएकोमा दाता संस्थाहरुलाई धन्यवाद ब्यतm गर्दै सहयोगको अझै अपेक्षा रहने कुरामा स्थनीय जोगे्न्द्र साहले बताए ।
 बितरण कार्यक्रममा सोही वडाका समाजसेवी महमिद मिया अंसारी, अर्का समाजसेवी शिवनाथ प्रसाद साह, ईलका प्रहरी कार्यालय महेन्द्र आर्दशका प्रहरी नायव निरिक्षक रामप्रसाद साह, बरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठ, पत्रकार महासंघ प्रदेश नमबर २ का सदस्य सिकेन्द्र पासवान, मानिकचन साह, बिकी साह लगायतका सहभागितामा सो राहत प्रदान गरिएको थियो ।  चामल २० किलो, दाल डेढ किलो, सोयाविन आधा किलो, नुन १ किलो , तेल १ लिटर र साबुन १ पिस लगायतका समाग्री प्रदान गरिएको थियो । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिकक्षक कृष्ण पंगेनीको बिषेश सहयोग रहेको स्थानीय पत्रकार गुप्ताले बताए ।  

अन्य समाचारहरु