दिपेन्द्र खत्री
जेष्ठ गुल्मी । नेपाल स्वयंसेवक संघ, गुल्मी बाट चुरामणी पाण्डे मनोनित भएका छन् ।उनी अध्यक्षमा मनोनित भएपछी पाण्डेले आफुले पाएको जिम्मेवारी पुर्ण रुपमा कटिबद्ध भएर निभाउने बताएका छन ।
सस्थाको उपाध्यक्षमा कल्पना घर्ती,कोषाध्यक्ष गोकर्ण पाण्डे,सह_कोषाध्यक्ष पबित्रा पाण्डे, सचिव अनिष उपाध्यय,सदस्यहरु अर्जुन थापा,सीता घिमिरे ,दिपेन्द्र खत्री ,शान्ता अर्याल रहेकाे उक्त संघले स्थानीय तह देखि केन्द्र सम्म कहि कतै नेपाली नागरिकले बिना डरधम्की स्वतन्त्रता को महसुस गर्न सक्ने
वातावरण सिर्जना गर्नु, आफ्नै देशमा रोजगारीको अवसर प्राप्त गर्न सक्ने वातावरण बनाउन सम्बन्धित निकायलाई खबरदारी गर्नु, बाँचौ र बचाऔँको अबधारणालाई व्यवहारमा उतार्न प्रयत्न गर्नु, देशमा कुनै किसिमको बिकृती अन्त्य गर्न प्रयत्नगर्नु,चोरिडकैती,घुसपैठ, बलात्कार जस्ता आपराधिक क्रियाकलाप पूर्ण रुपमा अन्त्य गर्न प्रयत्नशील रहनु जस्ता उदेश्यहरु रहेका छन् ।
त्यस्तै सचिबमा मनोनित भएका पन्थीले पनी आफुले पाएको जिम्मेवारी पुर्ण रुपमा कटिबद्ध भएर निभाउने बताएका छन ।
अध्यक्षमा मनोनित भएका पाण्डे विभिन्न सामाजिक संघ संस्थामा सक्रिय रुपमा आबद्ध छन् ।
उक्त सस्थालाई गुल्मीमा पनि गठन गरिएको उक्त सस्था का अध्यक्ष पाण्डेले जानकारी दिए।यो सस्था नेपालभरका ६० जिल्लामा संगठनका बिस्तार गरिएको छ साथै २० भन्दा बढी जिल्लामा कार्यक्रम गरिएको पनि पाण्डेले बताए ।