लुम्बिनी अस्पतालले ल्यायो एक करोड ३० लाखको पिसिआर मेसिन ,कोरोनाको परिक्षण तीव्र गतिमा बढ्ने अपेक्षा

कोरोनाको संक्रमण बढिरहँदा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पिसिआर मेसिन ल्याईएको छ। पिसिआर मेसिन जडान भएसँगै प्रदेश ५ मा कोरोनाको परिक्षण तीव्र गतिमा बढ्ने अपेक्षा गरिएको छ।
China DNA PCR Machine Laboratory Manufacturers - Factory Direct ...
मेसिन जडान भएपछि अब एक हप्तामै कोरोना परीक्षण सुरू गरिने अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए।
‘पिसिआर मेसिन र आवश्यक एसोसेरिजहरू अस्पतालमा आइपुगेका छन्, यथासक्य छिटो जडान गरेर सेवा सञ्चालन गर्ने सोचमा छौं,’ अध्यक्ष भट्टराईले भने।
एक करोड ३० लाख बराबरको उक्त पिसिआर मेसिन खरिदको लागि प्रदेश ५ सरकारले ६० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ भने बाँकी रकम अस्पताल विकास समितिले लगानी गरेको छ।
Open qPCR Machine: Your Personal Real-Time PCR Machine | Chai
अस्पतालमा उपचारका लागि आउने बिरामीको परीक्षणका लागि पिसिआर मेसिन नहुँदा चिकित्सक र अस्पतालमा कार्यरत कर्मचारी जोखिममा थिए। मेसिन जडानपछि बिरामीको पिसिआर परीक्षण गर्न सकिने र उपचारका लागि पनि ढुक्क हुने अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए।
‘कोरोना परीक्षण नभएका बिरामी उपचारका लागि अस्पतालमा आउँदा चिकित्सक तथा कर्मचारी बिरामीनजिक जान डराउनु पर्ने अवस्था थियो,’ खनालले भने।
Thermal cycler - Wikipedia
अस्पतालमा जडान गरिएको मेसिनबाट अस्पतालमा उपचारका लागि आउने बिरामीको परीक्षणलाई पहिलो प्राथमिकता दिइने छ। यसका अलावा प्रदेश प्रयोगशालामा आई परीक्षण हुन बाँकी रहेका स्वाबहरूको परीक्षण गरिने डाक्टर खनालले बताए।
अस्पतालको सुधारका लागि प्रयोगशालालाई अत्याधुनिक र स्तरीय बनाउन आवश्यक रहेकोले सोही कार्यमा लागेको अस्पतालका अध्यक्ष भट्टराईले बताए। अस्पतालको सुधारका लागि अत्याधुनिक भवनसहित करिब १२ अर्बको गुरूयोजना अगाडि सारेको लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिले सर्वसाधारणले निजी अस्पताल रोज्नु पर्ने अवस्था अन्त्य गर्ने अभियानमा लागेको छ।सेतोपाटिले उल्लेख गरेको छ। 

अन्य समाचारहरु