कोरोना उपचारका लागि भारतमा ५ सय वटा रेलका डिब्बालाई अस्पतालको वार्डमा परिणत गरिँदै

भारत : भारतमा पाँच सय वटा रेलका डिब्बाहरुलाई अस्पतालको वार्डमा परिणत गदै आठ हजार शैय्या बनाइने भएको छ । राजधानी नयाँ दिल्लीका अस्पतालहरुले कारोना भाइरस महामारीका कारण विरामीको चाप धान्न नसकेपछि तुरुन्ते रेलका डिब्बा प्रयोग गरिने भएको हो ।
Indian Railways cancels all passenger trains until March 31; Delhi ...
 
रेलका डिब्बाहरुलाई क्वारेन्टिन र आइसोलेसनका लागि प्रयोग गरिने बताइएको छ । दिल्ली सरकारले ४० होटल तथा ७७ बैक्वेटलाई पनि अस्पतालको वार्डमा परिणत गर्ने योजना ल्याएको छ । भारत विश्वको संक्रमितको सूचीको चौथो स्थानमा रहेको छ ।
Chiluvur, Andra Pradesh, India - Stock Footage Video (100% Royalty ...
 
भारतका भारतका महाराष्ट्र, तामिलनाडु र दिल्ली राज्य सबैभन्दा बढी प्रभावित छन् । भारतमा २४ घण्टाको अवधिमा ११ हजार ३ सय ८२ संक्रमित थपिएका छन । अहिलेसम्म भारतमा ३ लाख २० हजारमा संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेको संख्या ९ हजार १ सय ९५ पुगेको छ ।