-सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची । सालझन्डी ढोरपाटन सडक खण्ड अन्तरगत कन्चनखोला रुपन्देही देखि केवडे छेडा पाल्पासम्म स्थानीय क्वायरीबाट प्राप्त ग्राभेलबाट सडक ग्राभलिङ्ग गर्ने काम सुचारु भएको ढोरपाटन सडक आयोजनाका योजना प्रमुख सिनियर डिभिजन ईन्जिनियर जयलाल मरासिनीले जानकारी दिनु भयो।
बिबादित सडकको पाणिनी गाउपालिकाका अध्यक्ष अच्युत गौतम योजना प्रमुख जयलाल मरासिनी निर्माण ब्यबसायी बसन्त भुसाल, काशी बस्याल र स्थानीयबासिको उपस्थितिमा स्थानिय स्तरमा भएको केहि समस्या समाधान भएको थियोे ।
अब, त्यो सडक खण्डमा सवारी आवागमनमा सुचारु हुने योजना प्रमुख मरासिनीले बताउनु भयो ।
तोकिएको समयमा काम सम्पन्न गर्ने गरि काम दुर्त गतिमा अगाडि बढाइएको युवा ब्यबसायी बसन्त भुसालले जानकारी दिनु भयो ।