नेपाल भौतिक विज्ञान समाज प्रदेश ५ को कार्यकारिणी समिति गठन

सन्तोष कुमार के.सी 
वुटवल । नेपाल भौतिक बिज्ञान समाज अन्तर्गत नेपाल भौतिक विज्ञान समाज प्रदेश नम्बर ५ को कार्यकारी समिति को गठन एक कार्यक्रम का बिच वुटवलमा सम्पन्न भएको छ।
भर्चुअल मिटिङ बाट सम्पन्न सो कार्यक्रम नवगठित समितिका सभापति प्रा.डा.अन्नत पन्थिले सञ्चालन गर्नु भएको थियो भने नेपाल भौतिक विज्ञान समाज केन्द्रीय समिति का सभापति  प्रोफेसर डा.नारायण प्रसाद चापागाई,केन्द्रीय उप सभापति  प्रोफेसर डा.लिला प्रधान जोशी,केन्द्रीय सचिव प्रोफेसर डा.गोपि चन्द्र काफ्ले लगायत ले नवगठित कार्यकारिणी समिति लाई बधाई एवं शुभकामना दिदै आफ्नो  मन्तव्य राख्नुभएको थियो।
नेपाल मा भौतिक विज्ञान को बिकास र बिस्तारको लागी बिश्वबिधालय स्तरमा शिक्षण सिकाई सम्वधि तालिम,भौतिक बिज्ञान सम्वन्धि बिभिन्न सफ्टवेयर चलाउने सिपको बिकास तथा नेपाल मा भौतिक विज्ञान सम्बंधित बिभिन्न खोज तथा अनुसन्धानमुलक कार्यलाई अगाडी बढाउन नेपाल भौतिक विज्ञान समाज अग्रसर रहेको बक्ता हरू ले धारणा राख्नुभएको थियो।
बुटवल बहुमुखी क्याम्पस का प्रा.डा.अन्नत पन्थीको सभापतित्व मा गठित नवगठित कार्यकारिणी समिति मा देहायका पदाधिकारी रहेका छन।
सभापति : प्रा. डा. अनन्त पन्थि 
उप-सभापति: डा. बेदराज के. सि. 
सचिव : श्री लक्ष्मीनाथ भट्टराई 
सह-सचिव : श्री चुडामणि रजौरे
कोषाध्यक्ष : श्री शालिकराम भण्डारी 
सदस्यहरू : 
  श्री सन्तोष कुमार  के. सि.
  श्री शान्ता शर्मा
  श्री आशिष चौधरी 
  श्री धर्मबन्धु पौडेल 
  श्री नरेश आचार्य 
  श्री शिशिर अधिकारि

अन्य समाचारहरु