काठमाडौं । साउदीको रियादबाट २४७ जना नेपाली काठमाडौ आइपुगेका छन् ।
नेपाल एअरलाइन्सको उडानबाट एक नाबालकसहित २४७ जना नेपालीहरु आज बिहान स्वदेश आइपुगेका हुन् ।

६ महिनादेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका १२ जना महिला र बाँकी पुरुष आज स्वदेश फर्किएका हुन् ।
यस्तै आज यूएई तीन उडानमार्फत नेपाली स्वदेश फर्कनेछन् भने कुवेतमा आममाफीमा सहभागी नेपाली पनि स्वदेश फर्कंदैछन् ।
त्यसैगरी आज कतारको दोहाबाट पनि समस्यामा परेका नेपाली फर्कंदैछन् भने मलेसियाबाट पनि नेपाली फर्कने छन् ।इमेजले समाचारमा उल्लेख गरेको छ।



