बहराइनमा अड्किएका नेपालीहरु फिर्ता


अर्घाखाँचीडट्कम संवाददाता
बहराइन – कोरोना भाइरस महामारीको कारणले बहराइनमा अड्किएका नेपालीहरुलाई नेपाल ल्याउन नेपाल एयरलाइन्सको जहाज आइतबार साँझ बहराइनकाे लागि उडेको छ । जहाज साेमबार करिव एकसय पचास जति नेपालीहरु बोकेर काठमाडौ फिर्ता हुनेछ । 
बहराइनमा अडकिएका नेपालीको उद्दारका लागि “हाम्रो साथ ,आमाको काख “ नामक अभियानले सहजीकरण गरेको थियो । १ सय पचास जना नेपाली फर्कने तयारी भए पनि उक्त संख्या भने अन्तिम टुंगो लागेको छैन ।केही कारणले संख्या तलमाथि हुन सक्ने अभीयानले बताइएको छ । लामो प्रयासपछि घर फर्कन पाउँदा नेपालीहरु खुसि भएको बताए ।
जहाज चार्टरकाे व्यवस्थापनकाे जिम्मा पाएकाे Geoland holidays and tours प्राइभेट लिमिटेडका संचालक शरद शर्माले आइतबार २ सय ४७ जना नेपाली साउदी अरब बाट ल्याएर नेपाल एयरलाइन्सको जहाज साँझ बहराइन उडेको बताए । नेपाल एयरलाइन्सले साउदीमा पनि पहिलो पटक उडान भरेकाे हाे ,बहराइनमा पनि पहिलो पटक हाे शर्माले भने ।व्यावसायि शर्माले भने नेपाल एयरलाइन्सले यस्ता मुलुकहरुमा नियमित उडान गरे धेरै सहज हुनेछ । करिव ३० हजार नेपालीहरु बहराइनमा कार्यरत छन ।
अलपत्र परेका नेपालीहरुलाई घर फर्काउनकाे लागि संयाेजन बहराइन स्थित नेपाली राजदुत पदम सुन्दासले गरेका थिए ।