अखिल भारत प्रवासी नेपाली संघद्धारा एमसिसी, सिमा विबाद, रूकुम घटना लगायतका मागको सत्यतथ्य छानबिन नेपाल सरकारसँग माग

अर्घाखाँचीडट्कम संवाददाता 
पन्जाब  (अर्घाखाँचीडट्कम) । अखिल  भारत  प्रबासी नेपाली संघले  एमसिसी लगायत , कालापानी, लिपुलेक सिमा हलका लागि कुटनैतिक वार्ता शुरु गर्नुपर्ने र रूकुम घटनाको बारेमा सत्यतथ्यको छानबिन गरि दोषीहरूलाई कडा कार्वाही गर्न नेपाल सरकारसंग माग गरेको छ । 
फर्सुराम घिमिरेले दिएको जानकारी अनुसार उपाध्यक्ष टिकाराम   गोपाल  भित्रीकोटीले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै एमसिसी लगायत  कालापानी, लिपुलेक सिमा हलका लागि कुटनैतिक वार्ता शुरु गर्नुपर्ने र रूकुम घटनाको बारेमा सत्यतथ्यको छानबिन गरि दोषीहरूलाई कडा कार्वाही गर्न नेपाल सरकारसँग माग गरेको हो ।
अखिल भारत प्रवासी नेपाली संघले जारी गरेको विज्ञप्ति यस्तो छ:- 
प्रेस विज्ञप्ति 
अखिल भारत प्रवासी नेपाली संघ भारतमा रहने प्रवासी नेपालीहरू लगायत विश्वमा रहने प्रवासी नेपालीहरूको साझा सामाजिक संगठन हो। यो संगठन प्रगतिशील विचारधारा राख्ने र प्रवासमा प्रवासी नेपालीहरूको समस्याहरुलाई लिएर उनीहरूको हक अधिकार प्राप्तिको निमित्त संघर्ष गर्ने हो। 
प्रवासी नेपालीहरूको नेपाल राष्ट्रसंग नङ्ग र मासुको सम्बन्ध रहेको छ। नेपालमा हुने प्रत्येक घटना र परिघटनाले प्रवासी नेपालीलाई सिधै असर पार्ने भएकोहुनाले यो संघको स्थापनाकालदेखि नै (14 अप्रील 1981) नेपालमा घट्ने प्रत्येक घटनालाई विश्लेषण गर्दै समर्थन वा विरोध जनाउदै, संघर्ष गर्दै अाएको छ।
विगत केही महिनाबाट तीनवटा विषय टड्कारो रूपमा सामुन्ने देखापरेको छ। 
1)नेपाल-भारत बीच कालापानी,लिपुलेक,लिम्पियाधुरा सिमा विवाद।
2)MCC (Milenium challenge corporation.
3) अन्तरजातीय प्रेम प्रसंगमा  जातीय विभेदका कारण पश्चिम रूकुममा  चौरजहारी नगरपालिका-८, सोती गाउँमा जाजरकोट नगरपालिक-४ रानागाँउका नवराज बि०क० लगायत अरू ५ जनाको जघन्य गण हत्या लगायत अन्य असहिष्णुता सम्बन्धमा हाम्रो संघको केन्द्रीय समितिले भिडियो कन्फेरेसन मा(video conference) व्यापक छलफलद्वारा यो प्रेस विज्ञप्ति प्रेषित गर्ने निर्णय अनुसार जारी गरियको छ
1) कालापानी, लिपुलेक,
लिम्पियाधुराको भूगोल सम्बन्धमा:- परापूर्व कालबाटनै नेपाल भारतको सम्बन्ध मधुर र मैत्रीपूर्ण रहेको छ। यी दुई देशको धर्म,संस्कृति  भाषा,साहित्य, रहनसहनमा समान्ता रहेको छ। यो दुई देशबीच रोटी-बेटीको पनि सम्बन्ध रहेको छ।सन 1816 को सुगौली संधि लगायत विभिन्न कालखण्डका इतिहास हरूको अध्यन र प्रमाणहरू द्वारा त्यो खण्डको भूभाग नेपालकै रहेको बुझिन्छ। के कसरी भारतको कब्जामा गयो? भारतले भारतले कुन अाधारमा त्यहाँ अाफ्नु फौज राख्यो र त्यहाँ सडक निर्माण गर्नपुग्यो? कुन अाधारमा नेपालले नया राजनीतिक नक्सा बनाएर दुबै सदनबाट पास गराएर संविधान संशोधन गर्दै समावेश गर्यो? यी सबै बिना वार्ताको निर्कोल हुन नसक्ने भएकोहुदा एकार्काको सार्वभौमिकताको पूर्णरूपले सम्मान गर्दै तथा समानताको अाधारमा मर्यादाको पालनासाथ कुटनैतिक वार्ता द्वारा सो समस्यालाई अविलम्ब समाधान गर्न यसै प्रेस विज्ञप्ति मार्फत दुबै देशलाई अाग्रह गर्दछौं।
2)MCC(Milenium challenge corporation) MCC अध्यन गर्दा यसका अधिकांश बुदाहरू अापत्तिजनक छ। कुनै पनि संधि,सम्झौता देश,देशको संविधान,देशको कानुन र देशको सरकार भन्दा माथि हुनै सक्दैन। यो MCC को बुदाहरूले देशलाई बन्धक बनाउने काम गर्नेछ। MCC लाई देशमा भित्र्याउनै हुदैन। कुनै कारणवश भित्र्याउनै पर्ने हो भने पनि देश,देशको संविधान, देशको कानुन, देशको सरकार अन्तर्गत रहने र देशको फाइदा हुनेगरी व्यापक संशोधन गरेर मात्र MCC लाई भित्र्याउनु पर्छ।
3) हाम्रो संघ जनवादी प्रगतिशील बिचारधाराको पक्षपोषण गर्ने भएकोले जातीय, धार्मीय, भाषीय, लैङ्गिकीय वा हर प्रकारका विभेदहरूको घोर विरोध गर्दछ। देशको संविधान द्वारा।जातीय विभेदको अन्त्य भएपनि जनमानसको मानसिकताबाट अन्त्य नभएको कारण रूकुमा नवराज बि०क० लगायत उनका अन्य पाँच जना साथीहरूको जघन्य गणहत्या हुनपुग्यो। जसको हाम्रो संघ निन्दाको साथ घोर भर्त्सना गर्दछ। हत्या पश्चात् सांसद, मन्त्री लगाय उपल्लो वर्गका पहुचवालाहरूले यत्रो ठूलो मुद्दालाई ढाकछोप गर्दै मृत्युको कारणलाई बंग्याउदै दोषीलाई बचाउने प्रयास गरेको र हाल पनि लागि परेका छन हाम्रो संगठन यस्ता क्रियाकलापको घोर भर्त्सना गर्दै दोषीलाई अविलम्ब देशको कानुन बमोजिम नजिर हुनृ गरि कडा भन्दा कडा कार्वाहीको सरकारसँग माङ्ग गर्दछ। जातीय विभेदकै कारण देशभरिनै विभिन्न स्थानमा विभिन्न समयमा घटेका घटनाहरको निन्दा गर्दछ तथा सत्यतथ्यको छानबिन गरि दोषीहरूलाई कडा कार्वाही गर्न नेपाल सरकारसंग मांग गर्दछौं।
 
 टिकाराम   गोपाल  भित्रीकोटि
           उपाध्यक्ष 
  अखिल  भारत  प्रबासी नेपाली सघ  केन्द्रिय  समिति 
24-6-2020