रुपन्देहीमा पनि सलह किरा भेटिएको आशंका

बुटवल । भारतमा किसानहरुको प्रमुख सत्रुको रुपमा रहेको सलह किरा नेपाल मा पनि भेटिएको छ ।

नेपालको प्रदेश २ का बारा र पर्सा जिल्लामा देखीएको सलह किरा प्रदेश नम्बर ५ मा पनि प्रवेश गरेको आशंका गरिएको छ । प्रदेश ५ को रुपन्देही जिल्ला सहित केहि भारत संग सिमा जोडिएको क्षेत्रमा पनि सलह किरा भेटिएको आशंका गरिएको छ ।

प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख याम नारायण देवकोटाका अनुसार किसानहरुबाट किरा भेटिएको कुरा आएको र यस विषयमा अनुसन्धान जारि रहेको छ ।

कृषि विकास निर्देशनालय र नेपाल कृषि अनुसन्धान (नार्क) ले किरा प्रदेशमा आए – नआएको विषयमा तथा सलह किरा हो या होईन निर्कौल गर्ने काम जारि रहेको छ ।

शनिवार साझ सम्ममा यो विषयमा अन्तिम अनुसन्धान नतिजा आउने कृषि विकास निर्देशनालय प्रदेश ५ का प्रमुख याम नारायण देवकोटाले जानकारी दिनुभयो ।खबर कुराले उल्लेख गरेको छ।  

अन्य समाचारहरु