गुल्मीमा नेपाल स्वयंसेवक संघद्धारा एतिहासिक धार्मिक एवं पर्यटकिय स्थलकाे सरसफाई

दिपेन्द्र खत्री
गुल्मी (अर्घाखाँचीडट्कम) । नेपाल स्वयंसेवक संघ जिल्ला कार्य समिति गुल्मीले आज एक कार्यक्रमका बिच गुल्मीको एतिहासिक धार्मिक एवं पर्यटकिय स्थल अर्जुन डाँडामा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।  नेपाल स्वयंसेवक संघ जिल्ला कार्य समिति गुल्मीले मौसमको अनुकुलताकाको बाबजुद पनि र  कोरोनाको कहरको बेला पनी सामाजिक दुरि कायम गरि  सस्थाले सरसफाइ कार्यक्रम समपन्न गरेको हाे । 
 नेपाल स्वयंसेवक संघ जिल्ला कार्य समिति गुल्मीका सचिव पदमा मनाेनीत भएका दिपेन्द्र खत्रीले उक्त कार्यक्रम सुरु गरेका थिए,त्यस्तै यश संस्थाका अध्यक्ष तथा यश कार्यक्रमका सभापती चुरामणी पाण्डे रहेका थिए।जस कार्यक्रम मार्फत पाण्डेले संस्थाका विषयमा सम्पुर्ण कुरा पस्ट पार्दै भनेउक्त संस्थाले स्थानीय तह देखि केन्द्र सम्म कहि कतै नेपाली नागरिकले बिना डरधम्की स्वतन्त्रता को महसुस गर्न सक्ने वातावरण सिर्जना गर्नु, आफ्नै देशमा रोजगारीको अवसर प्राप्त गर्न सक्ने वातावरण बनाउन सम्बन्धित निकायलाई खबरदारी गर्नु, बाँचौ र बचाऔँको अबधारणालाई  व्यवहारमा उतार्न प्रयत्न गर्नु, देशमा कुनै किसिमको बिकृती अन्त्य गर्न प्रयत्नगर्नु,चोरिडकैती,घुसपैठ, बलात्कार जस्ता आपराधिक क्रियाकलाप नेपाल स्वयंसेवक संघले गुल्मी जील्लामा पूर्ण रुपमा अन्त्य गर्ने बताए ।
 नेपालका करिब ६०जिल्लामै शाखा बिस्तार गरेकाे यश सस्था  गुल्मीमा पनी रहेकाे छ।उक्त संस्थाले सामाजिक कार्यक्रम गर्नको निमित्त लागिपर्ने सस्थाका अध्यक्ष पाण्डेले बताए ।पहिलो चरणमा आज अर्जुन डाडा सरसफाइ गर्ने र त्यसपछि तक्कालै  गुल्मीको अार्काे एतिहासिक धार्मिक एवं पर्यटकिए स्थल  रेसुङ्गामा सरसफाइ गर्ने अध्यक्ष पाण्डेले बताए। 
यो सस्था निस्वार्थ सामाजिक काम गर्ने उदेश्यले जिल्लामा ल्याइएको साथै सस्थामा कुनै पनि किसिमको राजनिती नहुने सस्थाका सचीव दिपेन्द्र खत्रीले बताए।उक्त सरसफाइ कार्यक्रममा सस्थाका अध्यक्ष चुरामणी पाण्डे ,उपाध्यक्ष कल्पना घर्ती ,सचिव दिपेन्द्र खत्री ,सह-सचिव सरस्वती बिक, सह-कोषाध्यक्ष पबित्रा पाण्डे ,सदस्यहरु  अर्जुन थापा,सीता घिमिरे ,अनिष पन्थी,र मनिषा खनालको उपस्थित रहेको थियो।

अन्य समाचारहरु