असार १५ ऐतिहासिक महत्वको दिनको रुपमा लिनुपर्ने प्रदेश ५ अर्घाखाँची प्रदेस सभा सदस्य आचार्यको भनाई

शोभाखर पन्थी 
 सन्धिखर्क, अर्घाखाँची /असार १५ ।  प्रदेश ५ अर्घाखाँची प्रदेस सभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्यले असार १५ लाई ऐतिहासिक महत्वको दिनको रुपमा लिनुपर्ने बताउनुभएको छ । 
असार १५ अर्थात धान दिवसको अबसरमा शुभकामना दिंदै उहाँले कृषि प्रधान मुलुक नेपालमा धान दिवसको निक्कै ठुलो महत्व रहेको बताउनुभयो ।
असार १५ मानो रोपेर मुरी फलाउने दिन हो भन्दै उहाँले अगाडि भन्नुभयो “यो समय हामी खेत बारीमा जाउँ र केहिन केही काम गरौं । “कोभिड १९ का कारण ग्रामीण क्षेत्र र कृषिको महत्व अझै बढेको भन्दै  आचार्यले कृषिको बिकासको निम्ति बिशेष कार्यक्रमको घोषणा गरि कृषकका समस्या तत्काल समाधान गर्न राज्यको ध्यानाकर्षण गराउनु भयो । 
प्रदेशसभाका सदस्य समेत रहनुभएका उहाँले यस बर्ष प्रयाप्त वर्षा हुँदाहुँदै पनि कृषकले मलखाद अभावका कारण रोपाइँ गर्न नपाएको प्रति चिन्ता प्रकट गर्दै  मलखादको उचित व्यबस्थापनको निम्ति राज्यको ध्यानाकर्षण गराउनु भयो । 
केही दिन यता नेपालका विभिन्न जिल्लामा सलह किरा प्रवेश गरि बालिनालि नष्ट पारेको भन्दै उहाँले त्यसको नियन्त्रणको निम्ति तत्कालै प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

अन्य समाचारहरु