मधुसुधन पाण्डे
रेसुङ्गा, गुल्मी असार १५ । गुल्मीका एक घरबेटीले एक महिनाको घरभाडा छुट दिएका छन।
जिल्लाको रेसुङ्गा नगरपालिका तम्घास बैकरोडका ईन्द्र बहादुर बुढा मगरले एक महिनाको घर भाडा वापतको बीस हजार छुट दिएका हुन। कोराेना महामारीको वेलामा व्यापार व्यवसाय नै बन्द रहेको र व्यापारी बर्ग लगायत बिद्यार्थीहरुले घरभाडा तिर्न नसक्ने भन्दै उनलेे भाडा छुट दिएका हुन ।
गाउँले किसान एग्रोभेट रहेको घरका घरधनी मगरले घरभाडा छुट दिएका हुन।विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको नोभेल कोराना भाईरस (कोभिड-१९) को विषम परिस्थितिमा विश्व जगत नै लडिरहेको बेलामा मनकरी ईन्द्र बहादुरको यो कार्य सराहनीय रहेको छ।
सरकारले नै प्रत्येक घरधनीलाई घरभाडा छुट दिन आग्रह गरेपनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन