मनोज कार्की
गुल्मी असार १५ । गुल्मीमा सलह प्रबेश गरेको छ । सलह शनिबार नेपाल र भारतको सिमामा रहेका जिल्ला रुपन्देहि ,पर्सा, बारा, सर्लाहि लगाएतका जिल्लामा प्रबेश गरेको थियो ।
आईतबार गुल्मीका केहि ठाउँमा प्रबेश गरि उडिरहेको स्थानियहरुले बताएका छन् । स्थानियका अनुसार सलह आकाश उडिरहेकको र बालीमा अझै प्रबेश नगरेको बताए । दिनहुँ सलह आकाशमा उडिरहदाँ केहि दिनमै बालीमा लाग्न सक्ने अनुमान गरिएको छ ।
चन्द्रकोट गाउँपालिकाको शान्तिपुर बजार माथिको आकाशमा उढेको चन्द्रकोट गाउँपालिका अध्यक्ष दोर्ण खत्रिले जानाकारि दिए । सलह पालिकाका केहि स्थानबाट बाग्लुङ्ग तिर प्रबेश गरेको हुन सक्ने अध्यक्ष खत्रिले बताए ।
चन्द्रकोट गाउँपालिका लगाएत गुल्मीका केहि स्थानमा सलह देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरे जानाकारि दिए ।
किसानमा निरशता गुल्मीका किसानमा निरशता थपिएको छ । किसानले लगाएको बालीमा सलह प्रबेश गरेसंगै किसानमा आलश्य थपिएको चन्द्रकोट गाउँपालिका वडा नं ३ का रमेश बिकको भनाई छ । यसको रोकथाम समयमा गर्ने नसेकेमा गुल्मीका किसान भोकै बस्नु पर्ने बिकले बताए । सलहको नियन्त्रणका लागि सम्बन्धित निकायलाई समयमा पहल गरिदिनुहुन गुल्मीका किसानले आग्रह गरेका छन् ।