अखिल भारत प्रवासी नेपाली संघ पन्जाब हिमाचल संयुक्त राज्य समितीद्धारा एमसिसीलाई फिर्ता सरकारसँग माग (विज्ञप्ति सहित)

उपाध्यक्ष फर्सुराम घिमिरे
अर्घाखाँचीडट्कम संवाददाता 
पन्जाब  (अर्घाखाँचीडट्कम) । अखिल भारत प्रवासी नेपाली संघ पन्जाब हिमाचल संयुक्त  राज्य समितीले  एमसिसीलाई फिर्ता  नेपाल सरकारसँग माग गरेको छ । 
अखिल भारत प्रवासी नेपाली संघ पन्जाब हिमाचल संयुक्त  राज्य समितीका उपाध्यक्ष फर्सुराम घिमिरेले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै एमसिसी नेपालको पक्षमा नभएको भन्दै यस्लाई फिर्ता गर्न सरकारसँग माग गरेको हो । यस्तै विज्ञप्ति  एमसिसी लगायत , कालापानी, लिपुलेक सिमा हलका लागि कुटनैतिक वार्ता शुरु गर्नुपर्ने माग समेत गरेको छ । 
अखिल भारत प्रवासी नेपाली संघ पन्जाब हिमाचल संयुक्त  राज्य समितीले जारी गरेको विज्ञप्ति यस्तो छ:- 
भारतमा रहने  सम्पुर्ण  प्रवासी नेपालीहरू को साझा स्वतन्त्र  र  सामुदायिक   जन संगठन हो। यो संगठन प्रगतिशील विचार धारा राख्ने  प्रबासिहरु का हक अधिकार प्राप्तिको निमित्त संघर्ष गर्ने   संगठन हो  भारत  मा छरिएर रहेका प्रवासी नेपालीहरू नेपाल को नागरिक  भएको  ले  सम्पुर्ण  प्रबासि  नेपालीहरु को आर्थिक , सामाजिक, राजनीतिक सम्बन्ध    देस र राष्ट्रसंग  सम्बन्ध रहेको छ। नेपालमा हुने प्रत्येक घटना र परिघटना ले प्रवासी नेपालीलाई सिधै असर पार्ने भएको हुनाले यो संघको स्थापना काल देखि नै (14 अप्रील 1981) नेपालमा घट्ने प्रत्येक घटनालाई विश्लेषण गर्दै समर्थन वा विरोध जनाउदै, संघर्ष गर्दै अ।एको छ बिगत केही महिना  देखि  नेपाल  को  रास्ट्रियता  माथि  शक्ति  रास्ट्रहरु ले  खलल पुराउने काम भै रहेको छ    एस्तो जटिल  परिस्थिति  मा  समस्याहरु को समाधान  तर्फ सरकार  को घ्यान नगएको मा प्रबास मा रहने प्रबासिहरु चिन्तीत मा छौ ।
 
   अहीले को करीब करीब दुइ  तीहाइ जनमत दिएर  नेकपालाई सरकार मा पुर्याएको देश को बीकाश सुसासन  र समृद्धि को लागी हो, नेपाली जनताहरु को आवाज र  आवश्यकता लाई परीपुर्ती र राष्ट्रीयता को पक्ष मा सतीसाल जस्तै अठीलो बलीयो भरपर्दो भयर  ऊभीनु पर्ने हुन्छ तर अहीले संसार लगाएत नेपाल पनी Covit – 19 को चपेटमा  आक्रान्त भैरहेको अवस्था मा आफ्ना आफ्ना देश का नागरिक प्रति   संवेदनशील हुंदै ब्बस्थापन तर्फ अंगाडी बडीरहेको समय मा, हाम्रो देस नेपाल  राष्ट्रीयता  माथि अनेकौं   बज्रपातहरु थपिएका छ्न   नेपाल   भारत  सिमा  अतिक्रमण  ,   कोरोना भाइरस , एमसिसी  ,रुकुम   हत्याकान्ड  ,  एस्तो जटिल परिस्थिति  मा  छिमेकी  मुलुक  भारत  ले   आफ्नै आमा को सरीर काटेर छीमेकी राष्ट्र ले यो हिस्सा मेरो हो भन्दै गरेको अवस्था मा, सबै नेपालीहरु एक भयर आमा को अंग भंग गर्दै गरेको छीमेकी लाइ  सफद सीकाऊंदै सुरक्षीत राख्न तर्फ ध्यानाकर्षक गर्न छोडेर, बर्षौं देखी भारतीय बीस्तारबाद अमेरिकी साम्राज्यवाद को बीरोध गर्दै नेपाली जनतालाई एक ढीक्का बनाऊंन सफल भयको कमन्यूष्ट सरकार अहीले आएर अमेरिकी साम्राज्यवाद कै स्वार्थमा राष्ट्र र राष्ट्रीयता र देशको जनताहरु को आवाजलाई दवाऊंदै देश नै ऊसैको पाऊंमा भेटी चढाऊंदै गरेको कीन  ?
  सरकार त राष्ट्र राष्ट्रीयता र देश का जनता प्रती उत्तरदायी हुनु पर्ने मा पार्टि को स्थाई कमीटि को बैठक राखेर बहुमत हासिल गर्न तर्फ अग्रसर भयको देखीन्छ, सरकार पार्टि को स्थाई कमेटी को उत्तरदाई मात्र हुनु भने को देश सीक्कीमीकरण वा फीजीकरण तर्फ धकेल्दै गरेको देखीन्छ।   देश का सम्पुर्ण   नेपाली जनताहरु को आवाज लाई पानी फेर्दै आफ्नै देश द्रोही नीतीलाई अग्रीम पंतीमा राख्दै अंगाडी बढ्दै गरेको अवस्था लाई हाम्रो संगठन अखील भारत प्रवासी नेपाली संघलाई  स्वीकार  नभय को जानकारी नेपाल सरकार समक्ष पेश गर्दै सरकार को यो रवैया प्रती अखील भारत प्रवासी नेपाली संघ घोर भत्सर्जना गर्दछ  । 
      राष्ट्रघाती MCC परियोजना अब दुवारा नेपाल मा नफर्कने गरी वापस गरीयोस यो  दक्षिण एसीया  का धेरै  मुलुकहरु मा पनी MCC वापस हुंदै गरेको देख्दा देख्दै पनी  आफुलाई राष्ट्रवादी भन्ने सरकार कीन एसरी अमेरिका को पाऊंमा लम्पसार हुंदै गरेको छ होसीयार सरकार MCC को साथ मा नै सती जाने हो भने,  हामी नेपाली जनताहरु ले देश द्रोही  नेपाल सरकार  लाई पुजेर राख्ने छैनन, देश द्रोही  नेपाल सरकार  लाइ सरकार बाट  निकाला गर्नुपर्छ भन्ने अभियान मा अखील भारत प्रवासी नेपाली संघ पनी साथमा रहने छ MCC देश र जनताको  हित मा नरहेको  MCC(Milenium challenge corporation) MCC अध्यन गर्दा यसका धिकांश बुदाहरू अापत्ति जनक छ।   कुनै पनि संधि,सम्झौता देश,देशको संविधान,देशको कानुन र देशको सरकार भन्दा माथि हुनै सक्दैन   
 एस्तो परिस्थितिमा    देशबासीहरु र जुन कुनै देशमा रहंनु भयका प्रवासी नेपालीहरुलाई MCC को बीरोध मा एक्कयबद्धता जाहेर गर्न अखील भारत प्रवासी नेपाली संघ आह्वान गर्दछ ।
अखील भारत प्रवासी नेपाली संघ 
उपाध्यक्ष  
पन्जाब हिमाचल संयुक्त  राज्य समिती
फर्सुराम घिमिरे