प्युठानको सरूमारानीमा टिप्पर दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु

सरुमारानी गाउँपालिका ६, प्युठान
मोतिपुर, प्युठान, २० असार । प्युठानको सरुमारानी गाउँपालिकाको मोतिपुरमा टिप्पर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । 
प्युठानको खप्रेङखोलाबाट दाङको कालाकाटेस्थित शुभश्री अग्नि सिमेन्ट उद्योगमा चुनढुङ्गा बोकेर जाँदै गरेको ना ७ ख ८९३८ नम्बरको टिपर सरूमारानी गाउँपालिका–६ मा दुर्घटना भएको हो।
दुर्घटनामा नौबहिनी गाउँपालिका वडा नं. ६ का क्रमशः ३० वर्षीय चालक रोशन थापा र अन्दाजी २५ वर्षका सहचालक जोखबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका डीएसपी नरेन्द्र कार्कीले  जानकारी दिए ।
डीएसपी कार्कीका अनुसार टिप्पर प्युठानबाट दाङको कालाकाटेतर्फ छुटेको थियो । टिप्पर आज विहान साढे नौ बजेतिर मोतिपुर नजिकै सडकबाट खोलामा खसेर दुर्घटना भएको हो । रासस 

अन्य समाचारहरु