गुल्मीका एक युवा जसलाई सुन्तला खेतीमा भ्याईनभ्याई

दिपेन्द्र खत्री
गुल्मी २२ असार  । विश्व भरि महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको कारण नेपाल पनि अछुतो हुन सकेन ।
चिनको बुहान प्रान्तमा सन २०१९ डिसेम्बरमा पहिलोपटक देखिएको कोरोना भाइरस (Covid-19) यति बेला विश्ववका शक्तिशाली राष्ट्रहरु बेलायत, इटली, रुस, स्पेन अमेरिकालाई कोरोना नियन्त्रण र उपचार गर्न सकस भैरहेको छ ।कतिपय समस्या र चुनौती यस्ता हुन्छन जुन चुनौतिले अवसरलाई पनि सङसङै लिएर आएका हुन्छन । त्यस्तै नेपालमा पनि काेराेना काे कहर वढि रहेकाे छ।
सुरुवाती दिन हरु मा संक्रमित को संख्या खासै नभेटिए पनि पहिलो समयमा दिन प्रति दिन बढिरहेको छ ।यसै बीच मा कतिपय अरूको काम गरेर खाने मानिसहरू लाई यस बेला मा धेरै समस्या परेको छ ।आफ्नो घर बाहिर  जानु नै पाइनछ न आम्दानी नै हुन्छ।
यसै बीच मा कोरोना कहर सँगै गुल्मी धुर्काेट गाउँपालिका वडा नं २ पिपलधारा का एक युवा यतिबेला आफ्नै काम कार्य मा व्यस्त छन् ।उनको मनस्थिति मा न कोरोना भन्ने नै छैन ।आफ्नो काम मा बिहान देखि साझ सम्म बारी मा हुन्छन् ।विषेशगरी अहिले सुन्तला लगाउन को लागि नयाँ ठाउँ को खन जोत गरी खाडल तयार गरेर धमाधाम बिरुवा रोप्ने काम गरिरहेका छन।गुल्मी धुर्काेट गाउँपालीका वडा नः२का किसान सुन्दर जि- सी जस्ले ५-६ मुरी मकै हुने बारी मा कडा मेहेनत का साथ जग्गा को ग्रेड मिलाएर सुन्तला रोप्नी  रहेका  छन् ।
के भन्छन त सुन्दर 
विश्व भरि महामारी को रूप मा फैलिरहेको कोरोना भाइरस को कारण नेपाल पनि अछुतो हुन सकेन ।जस्का कारण अहिले विदेशमा राेजगारकाे लागि गएका दाजु,भाई, दिदी,बहिनी,लाई यति बेला निकै अप्ठ्यारो परिरहेकाे अबस्था छ,म पनि विगतका वर्षमा वैदेशिक राेजगारीकाे लागि वाहिरी देशमा गएकाे थिए।मैले बुझेकाे पनि थे, कति पीडा हुन्छ भन्ने,जस्काे कारण अहिले मैले व्यवसाईक रुपमै ३00 सुन्तला राेपेकाे छु।
केही वर्ष पछि उत्पादन गरि विक्री गरि अाम्दानी गर्ने  साेचेकाे छु,साथै मैले अरु नेपाली जुन वैदेशिक राेजगारमा गएका हुनुहुन्छ  उहालाई के भन्न चाहान् भन्दा ,हामीले गर्ने हाे भने अाफ्नै देशमा वसेरै सुन फलाउन सक्छै। सुन्दर एक गाउमै पात्रकाे रुपमा मानीएका छन,उनी जस्तो साहसी,र मिहेनेती युवा काे हाम्राे देश हुनेहाे भने देशकाे मुहार फेर्न धेरै समय नलाग्ने देखीन्छ।

अन्य समाचारहरु