गुल्मीको कालीगण्डकी गाउँपालिकामा पहिरोले पुरेर एक जनाको ज्यान गएको छ।
कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ४ फुस्रे निवासी ६२ वर्षीय यम बहादुर श्रीसको पहिरोमा पुरिएर मृत्यु भएको हो।
गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माका अनुसार शुक्रबार बिहान घर नजिकै रहेको खेतमा पानी लगाउन बनाइएको कुलो सफा गर्ने क्रममा माथिबाट झरेको पहिरोले च्यापेर मृत्यु भएको हो।
श्रीमतीसहित कुलो सफा गर्न गएका श्रीसको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए।
श्रीसको मृत्यु भए पनि उनकी श्रीमती भने सकुशल रहेको शर्माले जानकारी दिए। सेतोपाटीमा समाचार छ ।