बाँकेमा बाढी तथा डुबानको खतराबाट जोगाउन पूर्वसतर्कता अपनाईयो

कुलेन्द्र बिश्वकर्मा / अर्घाखाँचीडट्कम संवाददाता 
नेपालगंज ।  बाँकेमा बाढी तथा डुबानको खतराबाट जोगाउन पूर्वसतर्कता अपनाइएको छ । 
राप्ती नदी आसपासको तटीय क्षेत्रमा बाढी तथा डुबानका कारण मानवीय र धनमालको क्षति हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सतर्क रहन स्थानीय बासिन्दा र सम्बद्ध सबै निकायलाई आग्रह गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो । 
उहाँका अनुसार, सुरक्षा संयन्त्र, रेडक्रस तथा विपद् व्यवस्थापन समितिहरूलाई विपद् आइपरेको खण्डमा तत्काल उद्धार तथा राहतकार्यमा जुट्न सम्बन्धित पक्षहरूको ध्यानाकर्षण गराउँदै सुरक्षा निकायसहित विपद् व्यवस्थापनमा खटिने निकायलाई तयार रहन आग्रह गरिएको छ । 
उहाँले आगामी केही दिन अविरल वर्षा हुने बाढी आउने सम्भावना उच्च रहेकाले आ–आफ्नो पूर्वतयारी गर्न आमनागरिकलाई अनुरोधसमेत गरिएको बताउनुभयो ।

अन्य समाचारहरु