तम्घासमा एनआईसी एसिया बैक गुल्मीद्वारा फरक क्षमता भएकालाई ज्याकेट वितरण

मधुसुधन पाण्डे 
गुल्मी असार २७ ।   एन.आई.सि एसिया बैङ्क गुल्मीले  उपल्लो तम्घास माध्यमिक विद्यालयमा रहेका   फरक क्षमता (बहिरा तथा अपाङ्गता ) भएका ३५ जना विद्यार्थीहरुका लागि  ज्याकेट बितरण गरेको छ । 
बैंकले  सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई ज्याकेट  वितरण गरेको एन.आई.सि एसिया बैङ्क गुल्मी शाखा प्रमुख  जगदीश पन्थिले जानकारी  दिनुभयो । 
शाखा प्रमुख पन्थीका अनुसार बैकले यस अघि  रेसुङ्गा नगरपालिकाका विभिन्न  बिद्यालयलाई खेलकुदका लागि आवश्यक  जर्सी बितरण गरेको थियो।सामाजिक उत्तरदायित्व अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरुले प्रत्येक बर्ष विभिन्न सामाजिक कृयाकलापहरु सञ्चालन गर्दै आएका छन।
कार्यक्रममा बिधालयका प्रधानाध्यापक पिङ्की घिमिरे भुसाल ,बिद्यालय ब्यावस्थापन अध्यक्ष नारायण सुनार,समाजसेवी,पत्रकार लगायतको सहभागीता रहेको  थियो ।

अन्य समाचारहरु