दिगो विकासको अवधारणा र योजनाको निर्माण तथा कार्यन्वयन (सम्पादकीय)

अहिले नेपाल विकासोन्मुख राष्ट्रबाट विकासशील राष्ट्रको रुपमा स्तरउन्नतिको लागी सङ्घर्ष गरीरहेको छ।
जसको लागी तिव्र गतिमा विकासका कार्यक्रमहरु सञ्चालनमा ल्याउनु पर्ने कुरामा द्विविधा रहदैन तथापी जलवायुको स्थिति र भौगोलिक अवस्थितिको दृष्टिकोणले हेर्दा नेपाल विपद जोखिम युक्त देशको रुपमा परिचित छ।
वाढी, पहिरो, भुकम्प, आगलागी, चट्याङ जस्ता विपदको कारण बर्षेनी धनजनको क्षति भईरहेको छ। अहिले बर्षातको समय छ। वाढी र पहिरोको प्रकोप वढदो क्रममा छ भने अर्को तर्फको कोभिड-१९को सन्त्रास हाम्रो सामु यथावत छ।
यी दुवै विपदको व्यवस्थापन गर्दै विकासका गतिविधिलाई सञ्चालन गराउन सकेको खण्ड मात्र दिगो अवधारणालाई आत्मसात गरेको देखिनेछ। अहिले भइरहेका विकासका गतिविधिलाई नियाल्दा दिगो विकासको अवधारणा अनुरुप नभई बजेट सकाउन हतार हतारमा गरेको देखिन्छ ।  जसको प्रभाव हामीले भौगीरहेका छौ। प्रकृतिको कारणले मात्र बिपद सिर्जना हुने होइन, मानव सिर्जित यस्ता विभिन्न कारणले गर्दा विपद जोखिम झन झन बढदै गईरहेको छ।
विपद जोखिम न्युनिकरण र व्यवस्थापनको संघदेखि स्थानिय तहसम्म नीतिगत, संस्थागत तथा कार्यक्रमगत व्यवस्था भएता पनि त्यसको प्रभावकारी कार्यन्वयन गर्न नसक्नु तथा सम्वन्धित निकायले प्रभावकारी रुपमा अनुगमन र नियन्त्रण गर्न नसक्नु नै वाढी पहिरो जस्ता जलप्रकोपजन्य विपद वृद्धि भईरहेको मुख्य कारण हो। यसका अलवा पुर्व तयारी एवं सुरक्षित मापदण्डको अभाव, व्यवस्थित र सुरक्षित विकास क्रियाकलापहरुको कमजोर अवलम्बन जस्ता कारणले पनि विपद जोखिम वढिरहेको छ।
तसर्थ विपद जोखिम न्युनिकरण र व्यवस्थापन गर्दै विकासका क्रियाकलाप सञ्चालन गर्ने अहिले तडकारो आवश्यकता हो। जसका लागि केन्द्रीय र स्थानीयस्तरमा विपद व्यवस्थापन योजनाको निर्माण तथा  कार्यन्वयन प्रभावकारी रुपमा गर्ने, उपयुक्त समयमा उपयुक्त विकासका क्रियाकलाप सञ्चालन गर्ने जसका लागि आचारसंहिता अनुरुप कार्य गर्ने गराउने, विपद व्यवस्थापनका क्रियाकलापलाई विकास प्रकृयामा मुल प्रवाहीकरण गर्ने, विपद व्यवस्थापनमा समान धारणा निर्माण तथा जनचेतना र समुदाय परिचालनलाई प्राथामिकता दिन सकेको खण्डमा विकास र विपद व्यवस्थापनलाई सन्तुलित बनाई दिगो विकासको अवधारणालाई टेवा पुर्‍याउन सकिन्छ । 
सन्तोष के.सी
सम्पादक