बिशेष सम्पादकीय – बिषम परिस्थितिको शान्तिपूर्ण अवतरण : एक मात्र विकल्प

imagesimages

 

“बिषम परिस्थितिको शान्तिपूर्ण अवतरण : एक मात्र विकल्प “

भाद्र २६ गते अप्रत्याशित रूपमा १९ जना होनहार युवा विद्यार्थीहरूको विभत्स हत्याकाण्डमा सहिद भएका सम्पूर्ण वीर सहिदहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै, आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। यस अमानवीय हत्याकाण्डको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न हाम्रो जोडदार माग छ।

Nepal life insurance

नेपाल भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच साझा एकतामा आबद्ध विश्वकै उत्कृष्ट राष्ट्र हो। तर, भारत र चीन जस्ता दुई ठूला आर्थिक शक्ति राष्ट्रहरूको बीचमा अवस्थित हाम्रो देश अझै पनि अल्पविकसित अवस्थाबाट विकासशील देशतर्फ संघर्षरत छ। यस कठिन यात्रामा, विगतका राजनीतिक दलहरूको नागरिकप्रतिको जिम्मेवारीहीनता, व्यापक भ्रष्टाचार, बेथिति तथा राजनीतिक अस्थिरताले राष्ट्रलाई ठूलो क्षति पु¥याएको छ। विशेषतः जेन-जी आन्दोलनले उठाएको आवाज र त्यस क्रममा भएको राज्यको क्षतिले आर्थिक विकासमा गम्भीर अवरोध सिर्जना गरेको छ।

images

त्यसैले, राज्यमा थप क्षति हुन नदिन शासन व्यवस्थालाई शीघ्र लयमा ल्याई सञ्चालन गर्न आवश्यक छ। बलियो अन्तरिम सरकार, जसको माग जेन-जी युवाहरूले गरिरहेका छन्, नेपालको संविधानको अधीनमा रहँदै सकेसम्म छिटो गठन हुन अपरिहार्य छ। दैनिक प्रशासनिक कार्यलाई गतिशील बनाउँदै, सुशासनको प्रत्याभूति दिने योग्य नेतृत्व चयन गर्नुपर्ने आजको आवश्यकता हो।

images

यसका लागि सेना समन्वयकारी भूमिकामा रहँदै, राष्ट्रपतिबाट सरकारको घोषणा गरी छिटो भन्दा छिटो निर्वाचन सम्पन्न गर्नु आवश्यक छ। यस प्रक्रियामा सबै सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, शिक्षाविद्, स्वास्थ्यकर्मी, अर्थविद्, पत्रकार तथा आम नागरिकहरूको प्रत्यक्ष सहभागीता र सहयोग अपरिहार्य छ। यही संयन्त्रको निर्माणमार्फत देशलाई अभिभावकविहीन अवस्थामा पुग्न नदिई निकास दिन सकिन्छ।

images

सरकार निष्पक्ष, स्वतन्त्र र राष्ट्रप्रेमले ओतप्रोत हुनुपर्छ। नागरिकको मानव अधिकार तथा मौलिक हकको संरक्षण र प्रवर्द्धन गर्नसक्ने, सामाजिक विवादको व्यवस्थापन गर्नसक्ने र देशलाई सहि दिशातर्फ डो¥याउने क्षमता भएको हुनुपर्छ।

Nepal life insurance

अहिलेको सिकिस्त अवस्थामा नेपालको जीवन रक्षा गर्ने एक मात्र विकल्प विविधता बीचको एकता हो। यही एकता र सुशासनको प्रत्याभूति नै राष्ट्रलाई स्थायित्व र समृद्धितर्फ डो¥याउने आधार बन्नेछ।

 

Nepal life insurance