सुपादेउराली मन्दिर अर्घाखाँची बासीको सान ,आस्थाको धरोहर हो : सुपादेउरालीको प्रसाद ग्रहणले मनकामना पूरा हुने हो, बिरामी पार्ने होइन , भ्रम पार्ने र छर्ने काम नगरौ 

 

-सन्तोष कुमार के सी , अर्घाखाँची डट्कम।

अर्घाखाँची – सुपादेउरालीमा चढाएको बलिको बोकाको मासु खाएर अर्घाखाँचीमा ३५ जना बिरामी भएको विषयले सुपादेउराली को मान मर्यदामा आच पुगेको छ।

यहि मिति २०८१/०७/११ गतेका दिन सन्धिखर्क निवासी एक व्यक्तिले सुपादेउरालीमा पुजा गरि आफ्नो भाकल अनुरुप बोका चढाएका थिए।उक्त मन्दिरमा चढाएको बोका सन्धिखर्क आफ्नो घर नजिक ल्याई आफ्नो आफन्तजनहरुलाई पाहुना बोलाई भोजको आयोजना गरेका थिए।

स्रोतका अनुसार उक्त भोजमा मासुको अपुग भई अतिरिक्त मासु बजारबाट ल्याई मिसाईएको थियो । उक्त भोज खाएको केही बेरमा मानिसहरु बिरामी पर्न थालेका थिए र त्यो क्रम अहिलेसम्म जारी छ एंव बिरामी पर्नेको संङ्ख्या ३५  पुगेको छ।

यस विषयलाई लिएर समाजिक सञ्जालमा अर्घाखाँचीबासीले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मन्दिरलाई जोडेर समाचार एंव आफ्नो धारणा प्रस्तुत गर्नु भएको पाईएको छ।

images

आज सामाजिक सञ्जालको अवलोकन गर्दा जिल्लाका प्रख्यात व्यक्ति ,सरोकारवाला र सर्वसाधारणले आफ्नो फेसबुक पेजमा समाचार प्रसारण गर्ने केही मिडियालाई गालि गर्दै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मन्दिरको नाम जोडदै भ्रम सिर्जना गर्न खोजको देखिन्छन।

Supa Deurali Temple - Supa Deurali Mandir- Wonders of Nepal

images

के कारणले यस्तो परिस्थितिको सिर्जना भएको भन्ने कुरा प्रयोगशालामा चेक जाँच गरेपछि एकिन हुने कुरा उपचारमा संग्लन डाक्टरहरु बताउनु हुन्छ। डाक्टरका अनुसार खानामा बिषादी मिसिनुका विभिन्न कारणहरु हुन्छन, के कारण हो भन्ने कुरा ल्याब टेष्ट गरेपछि मात्र थाहा हुन्छ।

Routine of Nepal banda on X: "Sunday morning and Supa Deurali temple from Arghakhanchi ❤️🙏 Pic: RC Paudel https://t.co/H2AHnazbUB" / X

images

त्यस्तै मन्दिर व्यवस्थापनका अनुसार “यहाँ हजारौं दर्शनार्थी हरु दिनहुँ आउनुहुन्छ र सयौंको संङ्ख्यामा बलि चढ्छन र उक्त चढेका बलिको मासु प्रसाद र पिकनिक मनाउदै ग्रहण गर्नु हुन्छ तर आज सम्म यस्तो भएको थिएन र उक्त दिन पनि धेरै जनाले बलि चढाउनु भएको थियो र प्रसादको रुपमा सबैले ग्रहण गरेर जानू भएको थियो तर त्यहाँ के कसरी खानामा बिषादी परेछ , सम्वन्धित निकायले अध्ययन गर्ला तर सुपादेउरालीको प्रसाद खाएर बिरामी परे भन्नू खेदजनक छ।

साथै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फर्स बहादुर के.सी ले सुपादेउराली मन्दिर सम्पुर्ण हिन्दु धर्मावलम्बीको आस्था र शक्तिको केन्द्रका साथै अर्घाखाँचीको लागि महत्त्वपूर्ण पर्यटकीय गन्तव्य पनि हो,त्यसैले मन्दिर र अहिले सिर्जित समस्या लाई जोडेर सकरात्मक/ नकारात्मक कुनै पनि स्टाटस आफ्नो सामाजिक सन्जाल  फेसबुकमा नराख्न र यस्तो किसिमको भ्रम नफैलाउन अनुरोध गर्नु भएको छ।

 

Nepal life insurance