२३ वर्षपछि बत्ती बलेपछि बाँकेको नरैनापुर गाँउबासीमा खुशियाली

कुलेन्द्र बिश्वकर्मा 
नेपालगंज । बाँके जिल्लाको नरैनापुर गाँउपालिकामा पहिलो पल्ट बिजुली बत्ती बलेपछि गाँउबासी खुुशीयाली छाएको छ । 
बिगत २३ वर्ष पहिला सुरु गरिएको बिद्युती काम बिभिन्न बाधा बेवधानका कारण  कछुवाको गतीमा संञ्चालन भएको थियो ।
 कोरनाका कहरका कारण काम तिब्र गतीमा संञ्चालन हुर्दा २३ बर्ष पहिलेको बिद्युत बाल्ने सपना पुरा भएको छ । नरैनापुरमा पहिलो पल्ट  बिजुली बत्ती बलेपछि त्यहाँका गाँउबासी नयाँ जिवनको सुरु भएको महसुश गरेका छन् ।
 बाँके जिल्लको बिकट क्षेत्रको रुपमा चिनिने नरैनापुर  बिगतका दिनमा चुनावको बेला  बिद्युतलाई हतियार बनाउदैं आएका थिए । अब यो हतियार बनाउने कार्य अन्त्य भएको प्रदेश सांसद कृष्णा केसी नमुना भर्नुहुन्छ ।
क्वारेन्टाईलाई ब्यवस्थित बनाउने क्रमा ठूलो चुनौतिको सामाना गदै यस क्षेत्रमा बत्ती पु-याएको गाउँपालिका अध्यक्षको भनाई छ । उहाँ यस कार्यमा सहयोग प-याउने  सम्पूर्णलाई धन्यावाद व्याक्त गदै नरैनापर बासीको बिद्युत बाल्ने सपना पुरा भएको संगै क्षेत्रमा बिकासका कामले तिव्र गती पाउने अध्यक्षको भनाई छ ।

अन्य समाचारहरु