काठमाडौं । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य तोलामा रू.६०० ले बढेर कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च भएको सुन व्यवसायीहरुले बताएका छन् ।
महासंघका अनुसार बुधबवर छापावाला सुनको मूल्य प्रतितोला रू.९२ हजार ८०० तथा तेजाबी सुनको मूल्य प्रतितोला रू.९२ हजार ३६० मा कारोबार भइरहेको छ । यसअघि असार २५ गते सुनको मूल्य सवैभन्दा बढी अर्थात् रू.९२ हजार ४०० मा कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । बुधवार चाँदीको मूल्य रू. १ हजार ५ मा कारोबार भइरहेको छ ।
बुधवार अमेरिकी डलरको खरीददर रू.१२० र पैसा ९७ छ भने विक्री दर रू.१२० र पैसा ३७ रहेको छ । डलरको मूल्य बढ्दा सुनको मुल्य पनि बढेको सुनचाँदी कारोबार गर्दै आएका व्यवसायीहरुको भनाइ छ ।



