कुलेन्द्र बिश्वकर्मा
नेपागंज । बाँके जिल्लाको जुँगा भएको महादेवले प्रसिद धार्मिक स्थल बागेश्वरी मन्दिर कोरनाको कहरले सुनसान बन्दै गएको छ ।
पश्चिम नेपालको शक्ति पिठमध्येमा प्रसिद्ध मानिने यस धार्मिक स्थलमा आफुले चिताएको पुग्ने आशामा हजारौं भक्तजन आउने गर्दछन ।
जुँगा भएको महादेवले प्रसिद धार्मिकस्थल बागेश्वरी मन्दिर नेपाल लगायत देश बिदेशबाट भक्तजन आउने गरेको तर अहिले कोरोनाको कारण भक्तजन संख्या कम भएको छ । भक्तजनको मागलाई मध्यानजरी सामाजिक दुरी कायम गरी पुजाआजा भईरहेको पुजारी बताए ।
सतीदेवीको जिब्रो पतन भएको मानिने भएकाले यस मन्दिर लोकप्रियता मानिन्छ । बरिपरि ताल बिचमा जुँगे महादेवको मन्दिर रहेको यस धार्मिक स्थल अहिले सुनसान बन्दै गएको छ ।