कुलेन्द्र बिश्वकर्मा / अर्घाखाँचीडट्कम संवाददाता
नेपालगंज । बाँके आसपासको प्रमुख किनमेल गर्ने थलो बन्दै गएको नेपाल—भारत सीमावर्ती बजार रुपैडिहा यतिबेला सुनसान बनेको छ ।
कोरोना भाइरस कोभिड—१९ महामाारीपछि नेपाली उपभोक्ताको उपस्थिति नहुँदा भारतीय बजार रुपैडिहा सुनसान बनेको हो । कोरोना महामारीको आमनेपाली उपभोक्तालाई फाइदा पनि भएको छ ।
यसले नेपालीलाई आत्मनिर्भर र स्वदेशी वस्तुको गुणवत्ता चिन्ने अवसर पनि दिएको छ । रुपैडिहा बजारमा अहिले नेपालीहरुको प्रवेश शून्यप्रायः छ ।
आपतकालिन अवस्थाका बिरामीको ओखती खरीदका लागि मात्र नेपालीहरुलाई रुपैडिहा प्रवेशको अनुमति दिईएको छ । दैनिक जिवनमा उपभोग्य बस्तु नून, तेलसमेत किन्न भारतीय बजार जाने नेपाली उपभोक्तालाई कोरोना महामारीले स्वदेशी उत्पादनलाई माया गर्न पनि सिकाएको नेपालगन्जका व्यापारी बताए ।
सामान्य अवस्थामा बाँकेका हजारौ उपभोक्ताले दिनहँ रुपैडिहा बजारवाट घरायसी र व्यक्तिगत प्रयोजनका सामान खरीद गर्न जाने अवस्थाको अन्त्य कोरोनाको महामारीले गरेको छ । जसले गदा नेपाली बस्तुले बजार पाएकोमा नेपालगंजका उद्योग ब्यावसायी र ब्यापारी हर्सित भएका छन् ।