– बैंकिङ खबर
लघुवित्तको अधिकतम व्याजदर १५ प्रतिशत तोकिएको छ । अब लघुवित्तबाट १५ प्रतिशतमै कर्जा पाउन सकिने छ । यसअघि लघुवित्तहरुको १७ प्रतिशत व्याज तोकिएको थियो । लघुवित्तको नयाँ लाइसेन्स पनि रोक्ने निर्णय भएको छ ।
यस मौद्रिक नीतिले ऋणीहरुलाई ऋण तिर्नका लागि समयावधि थप्ने, सहुलियत कर्जा तथा पुनर्कर्जालाई गाउँसम्म पुर्याउने व्यवस्था गरेको छ । हाल कोरोनाका कारण उद्योग व्यवसाय, पर्यटन, बैंकिङ क्षेत्र सबै प्रभावित भएकाले यसैलाई केन्द्रिीत गरी मौद्रिक निति ल्याइएको छ । यस मौद्रिक नीतिले बैंकको ब्याजदर घटाउने, डिजिटल पेमेन्टलाई प्रोत्साहित गर्ने जनाएको छ यस्तै कृषि क्षेत्रलाई समेत विशेष प्राथमिकतामा राखेको छ ।
-कोरोना कृषि उर्जा, साना मझौला उद्योगलाई प्रोत्साहित
-वाणिज्य बैंकहरुले कृषिमा कम्तिमा १५ प्रतिशत लगानी गर्नुपर्ने
-कृषि विकास बैंकलाई कृषिको अग्रणी नेतृत्व गराइने



