गुल्मीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीद्वारा पि.सि.आर मेसिन हस्तान्तरण

दिपेन्द्र खत्री
 गुल्मी । गुल्मीमा काेभिड-१९काेराना सङ्क्रमण राेकथाम तथा नियन्त्रणकाे लागि माननीय परराष्ट्र मन्त्री   प्रदीप कुमार ज्ञवालीले आज एक कार्यक्रमद्वारा पि.सि.आर मेशिन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। 
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष, जिल्ला काेराेना संकट व्यवस्थापन केन्द्रका संयाेजक एवं  प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माकाे अध्यक्षता मा र  नेपाल सरकारका माननीय परराष्ट्र मन्त्री  प्रदीप कुमार ज्ञवालीकाे प्रमुख अथिथ्यता  रहेकाे थियाे।
कार्यक्रममा  प्रदेश नं.५ का माननीय प्रदेश सभा सदस्य दिनेश पन्थी, जिल्ला समन्वय समिति प्रमुख  लक्ष्मण पराजुली, पि.सि.अार मेसिन दर्ता  हिमालयन एयरलाइन्सका उपाध्यक्ष  विजय श्रेष्ठ, रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसाल, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, नगरपालिकाका प्रमुख/ उपप्रमुख, गाउँपालिकाका प्रमुखज्यु हरु, सुरक्षा निकायका प्रमुख,विभिन्न कार्यालयका प्रमुख  हरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि पत्रकार  हरु लगायतकाे उपस्थिति  रहेकाे थियाे।
 पि.सि.आर मेशिन प्रमुख अतिथि माननीय परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली बाट रेसुङ्गा नगरपालिकाका नगर प्रमुख  डिल्लीराज भुसाल लाई हस्तान्तरण गर्नु भएको थियो। 

अन्य समाचारहरु