कुलेन्द्र बिश्वकर्मा
नेपालगंज (अर्घाखाँचीडट्कम)। कोरोना भाइरस महामारी मौका छोपेर भारतबाट भित्राउदै गरेको करिब करिब १८ लाख बराबरको अवैध सुर्तीजन्य सामाग्री बरामद गरिसकेको सशस्त्र प्रहरी बाँकेले पुनः सुर्तीजन्य सामाग्री बरामद गरेको छ।
अवैध सामाग्री बरामदकै क्रममा नेपालगन्जको सशस्त्र प्रहरी बिओपी जयसपुरले भारतबाट भित्रीदै गरेको अवैध सुर्तीजन्य सामाग्री बरामद गरेको हो।
सशस्त्र प्रहरीको जयसपुर बिओपीका सशस्त्र प्रहरी निरीक्षक नर बहादुर सुनुवार राईको कमान्डमा गएको टोलीले नेपालगन्जको वडा नम्बर १६ को नेपाल भारतसिमा बाट ३ सय पोका सुपरपावर सुर्ती, १२० पोका बिडी बरामद गरेको हो।साथै टोलीले सोही स्थानबाटैै २ सय ढोली पानको पात समेत बरामद गरेको छ।
बरामद गरिएको सुपरपावर सुर्ती र बिडीको मूल्य ६० हजार बराबरको रहेको सशस्त्र प्रहरी बाँकेले जानकारी दिएको छ। त्यस्तै ४० हजार रुपैयाँ बराबर रहेको २०० ढोली पानको पातलाई नस्ट गरिएको छ। गएराती २ बजे बरामद गरिएका सुपरपावर सुर्ती र बिडीलाई नेपालगन्ज भन्सार पठाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।