कपिलवस्तु । कपिलबस्तुको शिवराज नगरपालिका ३ मा पाँच वर्षिय बालिकालाई जवरजस्ती करणी गरी फरार भएका अभियुक्तलाई प्रहरीले प्रहरीले पक्राउ गरेको छ ।
गत साउन एक गते कपिलबस्तु शिवराज नगरपालिका वडा न ३ बस्ने वर्ष १९ को बिमल भन्ने प्रदिप भट्टराईले बालिकालाई जवरजस्ती करणी गरी फरार प्रतिवादीलाइ प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय चद्रौटाबाट खटिएको बिशेष टोलिले खोजतलास गर्दै जाने क्रममा सोमबार साझ पक्राउ गरिएको हो । शिवराज नगरपालीको मदवा स्थित गा“उमा लुकि छिपि हिडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
ती युवकलाई थप अनुसन्धानको लागी प्रहरी हिरासतमा राख्न म्याद थप्नका लागी कपिलबस्तु जिल्ला अदालत तौलिहवामा पठाएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।