प्रदेश नम्बर ५ का अधिकांश कोरोना संक्रमित निको भएर घर फर्किए

रुपन्देही । प्रदेश नम्बर ५ मा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार २ सय छ पुगेको छ भने ३ हजार ८ सय ४८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
हाल ३ सय ४५ जनामात्र कोरोना भाइरस संक्रमित उपचाररत रहेका छन् भने १३ जनाको मृत्यु भएको छ ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. उमाशंकर चौधरीले संक्रमित निको हुने संख्या बढेको बताउनुभयो । यसैगरी समुदायस्तरमा संक्रमण पत्ता लगाउन परीक्षण शुरु गरिने उहाँले बताउनुभयो ।
बुधबारमात्र थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश ५ अन्तर्गत रूपन्देही जिल्लाका २ जना, गुल्मी जिल्लाका १ जना, बाँके जिल्लाका ३ जना र बर्दिया जिल्लाका २ जना गरी ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश ५ मा हाल ३ सय ४५ जना कोरोना भाइरस संक्रमित उपचाररत रहेका छन् भने १३ जनाको मृत्यु भएको छ ।
हाल प्रदेशभर ३ हजार २ सय २४ जना क्वारेन्टाइनमा रहेका छन् । रेडियो नेपालमा समाचार छ । 

अन्य समाचारहरु