भेरी अस्पतालका कम्प्युटर अप्रेटर १६ लाख सहित पक्राउ


कुलेन्द्र बिश्वकर्मा 
नेपालगंज (अर्घाखाँचीडट्कम)।  कोरना  परिक्षण प्रयोगशाला रहेको नेपालगंजस्थित भेरी अस्पतालमा छापामारी कम्प्युटर अपरेटर अरुणराज खनाल पक्राउ परेका छन् । 
खनालले अस्पतालको सामान खरीदमा १६ लाख १३ हजार ७५ रुपैया कमिशन लिएको आरोप छ । 
खनाललाई आज अख्तियारको टोलीले पक्राउ गरेको हो । अख्तियार अनुसन्धान आयोग नेपालगन्जका प्रमुख गणेश गैरेका अनुसार, स्रोत नखुलेको पैसा सहित खनाललाई पक्राउ गरिएको छ । 
खनालमाथि थप अनुसन्धान भइरहेको प्रमुख गैरेले बताउनु भयो ।  यसअघि अस्पतालमा ल्याईएको कोरोना परिक्षण उपकरणमा आर्थिक चलखेल अस्पताल विरुद्ध दर्ता भएको थियो ।

अन्य समाचारहरु