सुरेश परियार
रुपन्देहीको सैनामैनामा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते पैदलयात्रीको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । जस मध्ये पैदलयात्रीको अवस्था चिन्ताजनक रहेको छ । आज दिउँसो ४ः३० बजे पु्र्व –पश्चिम राजमार्ग अन्र्तगत सैनामैना वडा न.५ बुद्धनगरमा पुर्व बाट पश्चिम जादैँ गरेको लु ५२ प ४१५२ नम्बरको मोटरसाइकलले पैदलयात्री लाई ठक्कर दिदाँ सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक कमल परियारले जानकारी दिए ।
मृत्यु हुनेमा सैनामैना वडा न.५ बुद्ध नगर बस्ने वर्ष ७५का बृद्ध हरि लम्साल रहेका छन् भने मोटरसाइकल सवार बुटवल उपमहानगरपालिका वडा न.१२ नयाँगाउँ बस्ने वर्ष ५० कि चमेली थारु, सैनामैना वडा न.११ ठुलोचौर बस्ने वर्ष ४५का मोटरसाइलक चालक पञ्चराम थारु घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते तिनै जनालाई उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएकोे छ । ठक्कर दिने मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ भने घटना सम्बन्धी थप अनुसन्धान भइरहेको सालझण्डी प्रहरीले जनाएको छ । मोटरसाइकलमा बच्चा सहित ३ जना सवार थिए ।