सुर्य भुसाल
कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको आन्तरिक राजस्व कार्यालयले आफुले लिएको लक्ष्यको ७३.८४ प्रतिशत करदाता संख्या बढाउन सफल भएको छ । जिल्लाको कृष्णनगरमा रहेको आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत पुर्ण प्रसाद न्यौपाने का अनुसार गत आर्थिक वर्ष २०७६।७७ व्यक्तिगत बाहेक ४ हजार १ सय ७३ जना करदाता बढेका छन् ।
एक वर्षको अवधिमा आय करतर्फ ४ हजार १ सय ७३, मुल्य अभिवृद्धि करतर्फ १ हजार ४ सय ७७ र अन्तशुल्कतर्फ ६ सय ८ करदाता बढेको कार्यालय प्रमुख पुर्ण प्रसाद न्यौपानेले जानकारी दिनु भयो । कपिलवस्तु र अर्घाखाँची जिल्ला कार्यक्षेत्र रहेको उक्त कार्यालयमा अहिलेसम्म जम्मा आय कर २५ हजार ६ सय २६, मुल्य अभिवृद्धि करतर्फ ३ हजार ९ सय १८, अन्त शुल्कतर्फ २ हजार ५ सय ७ करदाता रहेको कर अधिकृत गेहेन्द्र प्रसाद गिरीले बताए ।
त्यस्तै गत वर्ष मात्र ८ हजार ४ सय ६९ जनाले व्यक्तिगत पान लिएका छन् । यहाँ व्यक्तिगत पान लिने २१ हजार ३ सय १३ रहेका छन् । कार्यालयका प्रमुख न्यौपानेका अनुसार व्यवसाय वा रोजगारी गर्ने सबैले अनिवार्य स्थायी लेखा नम्बर लिनुपर्ने नियम लागू भएपछि सेवाग्राहीको संख्या बढेको हो ।
कार्यलयले गत आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन गर्न भने सकेको छैन् । कोभिड–१९ का कारण लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकिएको प्रमुख न्यौपानेले बताउनु भयो । लक्ष्यको ७३.८४ प्रतिशत राजस्व संकलन गरिएको उहाको दाबि छ । एक वर्षको अवधिमा १ अर्ब ७९ करोड २ लाख ३० हजार राजस्व संकलन भएको छ ।
गत वर्ष कर सम्बन्धि उद्योग वाणिज्य संघ तथा विभिन्न व्यापारीक निकायसँग सहकार्य गरी छलफल तथा कर शिक्षा प्रदान गरिएको न्यौपानेले बताए । कार्यालयले एक वर्षको अवधिमा कार्यालय हाताभित्रग्राहक को मागलाई सम्बोधन गरि नेपाल बैंक को काउन्टर सञ्चालन गरि सेवाग्राहीलाई थप सेवा दिएको छ ।
कार्यालय प्रमुख पुन्य प्रसाद न्यौपाने को बिशेष पहलमा कपिलवस्तु को तौलिहवा र अर्घाखाँची जिल्लामा करदाता सेवा कार्यालय स्थापना गरि सेवा सुचारू गर्ने तैयारी पुरा गरिसकेको छ यो मुख्य उपलब्धिको रुपमा अर्घाखाँची बासि र तौलिहवा बासिले लिएका छन । आर्थिक अनुशासन कायम गराउँदै प्रभावकारी कर प्रशासनका लागि कार्यालयले नियमित रुपमा अनुगमन समेत गरिरहेको प्रमुख न्यौपानेले जानकारी दिनु भयो ।