बाँके खजुरामा श्रीमतीद्धारा बन्चरो प्रहार गर्दा श्रीमानको गयो ज्यान

कुलेन्द्र विश्वकर्मा
घरायसी विवादका कारण बाँके खजुराकी एक महिलाले आफ्नै श्रीमानलाई बन्चरो प्रहार गर्दा श्रीमानको हत्या गरेकी छन । 
खजुरा गाउँपालिका ६ गिजरा बस्ने ६५ वर्षीया मिछिया थारुले बन्चरो प्रहार गर्दा उनका श्रीमान ७५ वर्षीय लक्षीराम थारुको ज्यान गएको हो । घट्ना आइतबार दिउँसो सवा तीन बजे भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 
घरायसी विवादमा मिटियाले हानेको बन्चरोेले लक्षीरामको टाउको, खुट्टा र हातमा चोट लागेको थियो । 
बन्चरो प्रहारबाट लक्षीरामको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घट्नालगत्तै ईलाका प्रहरी कार्यालय धनौलीबाट गएको प्रहरी टोलीले बन्चरोसहित मिछियालाई नियन्त्रणमा लिएको थियो ।

अन्य समाचारहरु